२४ बैशाख २०८१, सोमबार | May 6, 2024

पाल्पा जिप दुर्घटना अपडेट : ६ जनाको सनाखत (नामावलीसहित)



बुटवल । पाल्पामा भएको जिप दुर्घटनाबाट मृत्यु भएका ८ जना मध्य ६ जनाको सनाखत भएको छ । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना हुँदा मृत्यु भएका ८ जना मध्य ६ जनाको सनाखत भएको हो ।

सनाखत भएका मृतकहरुमा तिनाउ गाउँपालिका ६ का ६० वर्षीया ऐनकुमारी पन्त, सोही स्थानका ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी तथा बुटवल उपमहानगरपालिका १४ का ७० वर्षीय चन्द रणपाल र उनकी श्रमिती ६० वर्षीया चुना रणपाल रहेका छन् ।

२ जना मृतकको अझै सनाखत हुन नसकेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए । दुर्घटनामा परि १८ जना घाइते भएको र उनीहरुको पाल्पा प्रवास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभास पुर्याएका थिए । ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ९ : ४७ बजे

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म