४ पुस २०८२, शुक्रबार | December 19, 2025

पाल्पा जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या १० पुग्यो, सबैको सनाखत



बुटवल । पाल्पामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । तानसेन नगरपालिकाको डुम्रेबाट डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार अपराह्न ४ः५० बजे पाल्पाको मस्यामस्थित इको फर्महाउस नजिकै दुर्घटना हुँदा ७ महिला र ३ पुरुषको मृत्यु भएको हो । अरु १६ जना घाइतेको उपचार भइरहेको छ ।

दुर्घटनामा तिनाउँ गाउँपालिका ६ मस्यामका यन कुमारी पन्त, राम बहादुर अस्लामी, कृष्ण बहादुर अस्लामी र उर्मिला अस्लामी रहेका छन् । दुर्घटनामा बुटवल उपमहानगरपालिका १४ तामनगर रुपन्देहीका चन्द्र रणपाल र चुना रणपाल, तिनाउँ गाउँपालिका २ खुर्सानेकी गिता सुनार, देबदह नगरपालिका ५ रुपन्देहीकी दिलमाया जिसि, रिब्दीकोट १ ख्याहाका दिल कुमारी सुनार र बिष्णुकला कामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

घाइते १६ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमा उपचार भैरहेको छ । जीप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

चालक तानसेन नगरपालिका १० का दान बहादुर चिदिलाई पक्राउ गरेर घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । १३ जनाको सिट पास हुने जिपले क्षमताभन्दा धेरै यात्रु बोकेको पाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ७ : ३२ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ