७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

तेस्रो राष्ट्रिय नृत्य दिवस २०८० मा लुम्बिनीबाट दाङको झुमरा र पाल्पाको झेउरे नृत्य प्रस्तुत हुने



बुटवल । तेस्रो राष्ट्रिय नृत्य दिवस २०८० मा लुम्बिनीबाट दाङको झुमरा र पाल्पाको झेउरे नृत्य प्रस्तुत हुने भएको छ । नृत्य निर्देशक संघ नेपाल काभ्रेपलाञ्चोक जिल्ला शाखाको व्यवस्थापन तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘तेस्रो राष्ट्रिय नृत्य दिवस २०८०’ हुन लागेको छ ।

नृत्य निर्देशक संघ नेपालको आयोजनामा विगत ३ वर्षदेखि हरेक वर्ष फागुन ६ गते राष्ट्रिय नृत्य दिवस मनाउँदै आएको छ । सो कार्यक्रममा लुम्बिनी प्रदेशबाट तेस्रो राष्ट्रिय नृत्य दिवस २०८०मा लुम्बिनीबाट दाङको झुमरा र पाल्पाको झेउरे नृत्य प्रस्तुती रहने भएको हो ।

कार्यक्रममा देशका ७ वटै प्रदेशबाट झाँकी सहित ७७ वटै जिल्लाबाट विभिन्न कला, संस्कृति समावेश नृत्यहरु समावेश हुने छ्न। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीको प्रमुख आतिथ्यतामा रहने छ ।

गत वर्ष नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बुटवलको बिबिसि हालमा देश भरिका नृत्य कालाकारहरु बिच सम्पन भएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : ४५ बजे

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर

फेरि बोले बालेन – महानगरका कर्मचारीको अनाहकमा अपमान सहदैनौं, बुझेर कदम चाल्नुहोला

काठमाडौं । पक्राउ गरिएका काठमाडौं महानगरको फोहोरको गाडी चलाउने चार

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक

बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि