६ पुस २०८२, आइतबार | December 22, 2025

व्युरोक्रेसी’ का कारण मुलकमा स्थानीय सरकारले जनताको पक्षमा केही काम गर्न सक्दैन : नगर प्रमुख पाण्डेय



बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्थानीय तहमा सुशासन जनताका अधिकारसंग जोडिएका महत्वपुर्ण बिषय हुने बताएका छन ।

राष्ट्रिय समाचार समितिको ६३ औँ बार्षिकोत्सवका अवसरमा रासस लुम्बिनी प्रदेश कार्यालयले आज बुटवलमा आयोजना गरेको ‘सुशासन र समृद्धिकालागि रासस’ बिषयक अन्तरक्रियाको उद्घाटन गर्दै स्थानीय सरकारका रुपमा रहेका पालिकाहरुले सुशासनका लागि बिधी र प्रणाली स्थापित गर्ने प्रयास गरेपनि संबिधानले स्थापित गरेका हकअधिकार कुण्ठित गर्ने प्रयास भइरहेको बताए । “पाँच बर्ष सम्म जनताको मतका आधारमा निर्वाचित भएर आएको जनप्रतिनिधी सङ्घीय सरकारको एकजना कर्मचारीको अधिकारका कारण कुनै काम गर्न नसक्ने अवस्था छ”, उनले भने, “‘व्युरोक्रेसी’ का कारण मुलकमा स्थानीय सरकारले जनताको पक्षमा केही काम गर्न सक्दैन, यो अधुरो लोकतन्त्र हो ।”

नगरप्रमुख पाण्डेले जननिर्वाचित निकायले अधिकार नपाउने तर जिम्मेवारी मात्र लिनुपर्ने तर अधिकार पाएकाले जिम्मेवारी लिनुनपर्ने यस्ता बिषयनै सुशासन र समृद्धिका प्रमुख बाधक भएको उल्लेख गरे ।

उनले स्थानीय तहमा भएका कामहरुमा सञ्चारमाध्यममा खोजमुलक रुपमा समाचार आउन नसकेको बताए । उनले एकजना पत्रकारले एउटा मात्र बिषयमा लगातार खोजमुलक समाचार बनाउदा पनि बुटवलको समृद्धिलाई टेवा पुग्ने बताए ।

नगरप्रमुख पाण्डेयले मिडियामा सकारात्मक र राष्ट्रिय हितका पक्षमा कलम चलाउन आग्रह गरे । उनले मिडियाले पनि समय अनुसार आफ्नो परम्परागत शैलीलाई परिवर्तन गरेर बिधागत पत्रकारीता र खोजमुलक बिषय उठान गर्नेतर्फ केन्द्रित गर्न सके सुशासन र समृद्धि सम्भव हुने बताए ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति(रासस) का पुर्व अध्यक्ष डा. बालकृष्ण चापागाइले राज्यको सञ्चार माध्यमको रुपमा रहेको एक मात्र समाचार ऐजेन्सीको गौरवपुर्ण इतिहास र बर्तमानमा यसको आवश्यकता अझै बढदै गएकाले राससको भूमिका अझै बलियो र शसक्त बनाउन राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले समृद्धि बिना सुशासन सम्भव नहुने भएकाले राससले आफना समाचारका बिषयमा सुशासन र समृद्धिका बिषय उठान गर्ने बिषयमा जोडदिनु सुझाव दिए ।

सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले राससमा जनताले राज्यका गतिविधीहरु सहजै जानकारी पाउने व्यवस्था हुनुपर्ने भन्दै राससका समाचार निःशुल्क पढन पाउने व्यवस्था गर्नुपर्ने सुझाव दिइन् । उनले राससमा लाई सङ्घीयताको मर्म अनुसार अव प्रदेश स्तरबाट समेत सेवा बिस्तार गर्न सुझाव दिँदै यसको बलियो खम्बा बिचार स्तम्भमा सबै पक्षलाई समेटने व्यवस्था गर्न पनि सुझाव दिइन् ।

कार्यक्रममा प्रेस चौतारी नेपाल, रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, नेपाल प्रेस युनियन, रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, संसदिय मामिला पत्रकार समाज, लुम्बिनीका अध्यक्ष घनश्याम गौतम लगायतले राससको सेवालाइ सहज बनाउन र समाचारका बिषयमा बिविधता कायम राख्न सुझाव दिए ।

कार्यक्रममा रासस लुम्बिनी कार्यालय प्रमुख भरत के.सी.ले राससको ६ दशक लामो गौरवपुर्ण इतिहास देखि हाल सम्मको नेतृत्वले राससको सेवालाई समयानुकुल विकास गर्दै आएको बताए ।

उनले पछिल्लो समय राससको समाचार सेवाका बिविधता र यसका सेवाग्राहीले पाउने सेवा सुविधा जस्ता बिषयमा समेत जानकारी गराए ।
कार्यक्रममा राससमा २०७९ सालमा ‘चमेराको जिवनचक्र सङ्कटमा’ बिषयक आलेखलाई उत्कृष्ठ ठह¥याइ रुपन्देहीका स्थानीय समाचारदाता रामविकास चौधरीलाई उत्कृष्ठ आलेख पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : २६ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको