२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

पत्रकारितामा ‘डेडलाइन’ युग अन्त्य भएको छः रासस अध्यक्ष झा



बुटवल । राष्ट्रिय समाचार समिति(रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको सेवा अझ बढी प्रभावकारी बनाउने गरी काम अघि बढाइएको बताएका छन् ।

आज बुटवलमा राससका सेवाग्राही र सञ्चारकर्मीसँगको अन्तरक्रियामा अध्यक्ष झाले राससले सेवा प्रवाहलाई चुस्त बनाउँदै लैजाने बताए । “राससको यो गतिलाई कायम राख्दै सेवा प्रवाह चौबीस घण्टा नै बनाउने तयारीमा छौँ”, उनले भने।

उनले पत्रकारितामा अब ‘डेडलाइन’ युगको अन्त्य भएको भन्दै सूचनाको परिधि फराकिलो भएको बताए । राससको सेवा अनाधिकृत रुपमा प्रयोग गर्नेको सङ्ख्या देशभरि नै ठूलो भए पनि आधिकारिक रुपमा रासस प्रयोग गर्ने सङ्ख्या अत्यन्त न्यून रहेको उनको भनाइ छ । उहाँले न्यूनतम शुल्कमा सेवा उपलब्ध गराएको भन्दै ग्राहक बन्न आग्रह समेत गरे ।

कार्यक्रममा राससका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईले राज्यमा भएको परिवर्तनलाई अब राससले अत्मसात् गरी अगाडि बढ्नुपर्ने सुझाव दिए । उनले रासस सात सय ५३ वटा स्थानीय सरकार, सात प्रदेश र एक सङ्घीय सरकार सबैको अपनत्व हुने गरी ढाँचासमेत परिवर्तन गर्न पनि सुझाव दिए ।

कार्यक्रममा राससका बोर्ड सदस्य कृष्ण अधिकारीले रासस समयसापेक्ष चलायमान भइरहेको बताउँदै सेवा विस्तारमा पछिल्लो समय निकै परिवर्तन गरेको बताए । उनले पछिल्लो समय राससले अडियो भिडियोसहित आलेख र विचार सेवा सुरु गरेको बताए ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले साना मिडियालाई विशेष योजनासहित राससले प्याकेज बनाएर सेवा दिनुपर्ने बताए । उनले राससले सञ्चालन गरेको विचार स्तम्भमा सबैको विचार समेट्न सुझाव दिए । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले राससले घटनाप्रधानभन्दा पनि अनसन्धानमूलक समाचारमा जोड दिनुपर्ने बताए ।

राससका बजार प्रमुख राजाराम कार्कीले राससको समाचारको गुणस्तरीयता सम्बन्धमा छलफल गर्ने गरी अभियान लिएर आएको बताए । उनले साना मिडिया बलियो भए मात्रै रासस बलियो हुने बताए ।

नेपाल प्रेस युनियन रुपन्देहीका सभापती रेखा भुसालले सरकारी मुखपत्रका रुपमा रहेको रासस जनताको आवाज बन्दै गइरहेको अनुभूति भएको भन्दै यसलाई निरन्तर कायम राख्न सुझाव दिए । कार्यक्रममा पत्रकार डिवी सुस्लिङ, दिनेश कुमार श्रेष्ठ, प्रदीप आचार्यलगायतले राससलाई समयसापेक्ष बनाउन र सेवाग्राहीले समाचार छिटो पाउने व्यवस्था मिलाउन सुझाव दिएका थिए ।

कार्यक्रममा रासस लुम्बिनी प्रदेश कार्यालय प्रमुख भरत केसीले रासस अध्यक्षसहितको टोली सेवाग्राहीका सुझाव र रासस सेवाका बारेमा जानकारी गराउने उद्देश्यसहित अभियानमा रहेको जानकारी गराएका थिर्ए।

 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १० : ५२ बजे

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।