६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

राप्रपा लुम्बिनी प्रदेशका सांसद यादवसहित १९ जनाविरूद्ध भष्टाचार मुद्दा



काठमाडौं । राप्रपा लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। गौतमबुद्ध साझेदारी वनमा व्यवस्थापन समितिको अध्यक्ष रहँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसहितका व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो।

यादवसँग २९ लाख १२ हजार १९३ रुवैयाँ बिगो, जरिवाना र कैद सजाय माग गरी विशेष अदालतमा मंगलबार मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए। आर्थिक वर्ष २०७४र२०७५ र आर्थिक वर्ष २०७५/२०७६ मा ३७ हजार क्युफिट काठ काटेर ठेक्का स्वीकृति गर्ने क्रममा वन कर्मचारीहरूसँग मिलेमतो गरी यादवसमेतले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

मुद्दा दायर भएकामा तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, तत्कालीन डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्कीलगायत छन्।

 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ५ : १३ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

नेपालगन्ज । बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय

पशुपतिनाथ मन्दिरमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

काठमाडौं । महाशिवरात्री पर्वको सुरक्षाका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा खटिएका

नेपाली कांग्रेसको ‘प्रतिज्ञापत्र’ सर्वसम्मत पारित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले आगामी प्रतिनिधिसभा

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माद्वारा पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति