२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भारतमा हुने दक्षिण एसियाली पर्यटन मेलामा नेपालको सहभागिता



काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा सुरु हुन लागेको साउथ एसियन ट्राभल एन्ड टुरिजम एक्सचेञ्ज (साट्टे)मा नेपालले सहभागिता जनाएको छ ।

यसअघि नेपाल पर्यटन बोर्डले सहभागिता जनाउँदै आएको साट्टेमा यसपटक भने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा आबद्ध व्यवसायीले सहभागिता जनाउने भएका हुन् । दिल्लीमा बिहीबारदेखि सुरु हुन लागेको साटामा भाग लिन जान लागेका व्यवसायीलाई आज टानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेको छ । तीन दिनसम्म चल्ने पर्यटन मेलामा टानमा आबद्ध ट्रेकिङ कम्पनी, होटल, ट्राभललगायत २८ कम्पनीले सहभागिता जनाउन लागेको टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डितले जानकारी दिए ।

उपाध्यक्ष पण्डितले नेपालको पर्यटन क्षेत्रको प्रमुख बजार भारत भएकाले भारतमा हुन लागेको पर्यटन मेलामा टानले सहभागिता जनाएको बताए । टानले दुई हप्तापहिले भारतको मुम्बईमा सञ्चालित आउटवाउन्ड ट्राभल मार्ट (ओटिएम) मेलामा समेत सहभागिता जनाएको थियो । नेपालको पर्वतीय पर्यटन क्षेत्रमा ४५ वर्षदेखि क्रियाशील टानमा हाल दुई हजारभन्दा बढी पर्यटन व्यवसायी आबद्ध रहेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  २ : ५९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले