३१ भदौ २०८३, बुधबार | September 16, 2026

भारतको पर्यटन मेलामा नेपालको सहभागिता



काठमाडौं । भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट (ओटीएम) मेलामा नेपालले सहभागिता जनाएको छ । यसअघि नेपाल पर्यटन वोर्डले सहभागिता जनाउँदै आएको उक्त पर्यटन मेलामा यसवर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले भाग लिएको हो ।

उक्त तीनदिने मेलामा टानमा आबद्ध टानसहित २५ व्यवसायी कम्पनीले सहभागिता जनाएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए ।

नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले ओटीएममा टानले सहभागिता जनाएको महासचिव सापकोटाले बताए । महासचिव सापकोटाले आगामी फागुन १० देखि १२ सम्म भारतमा हुन लागेको दक्षिण एशियाको ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साट्टे)मा पनि टानले सहभागिता जनाउन लागेको बताए ।

नेपालको पर्यटन क्षेत्रमा ४५ वर्ष अनवरत क्रियाशील टानमा हाल दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ८ : १९ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै