३१ भदौ २०८३, बुधबार | September 17, 2026

भारतमा हुने दक्षिण एसियाली पर्यटन मेलामा नेपालको सहभागिता



काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा सुरु हुन लागेको साउथ एसियन ट्राभल एन्ड टुरिजम एक्सचेञ्ज (साट्टे)मा नेपालले सहभागिता जनाएको छ ।

यसअघि नेपाल पर्यटन बोर्डले सहभागिता जनाउँदै आएको साट्टेमा यसपटक भने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा आबद्ध व्यवसायीले सहभागिता जनाउने भएका हुन् । दिल्लीमा बिहीबारदेखि सुरु हुन लागेको साटामा भाग लिन जान लागेका व्यवसायीलाई आज टानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेको छ । तीन दिनसम्म चल्ने पर्यटन मेलामा टानमा आबद्ध ट्रेकिङ कम्पनी, होटल, ट्राभललगायत २८ कम्पनीले सहभागिता जनाउन लागेको टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डितले जानकारी दिए ।

उपाध्यक्ष पण्डितले नेपालको पर्यटन क्षेत्रको प्रमुख बजार भारत भएकाले भारतमा हुन लागेको पर्यटन मेलामा टानले सहभागिता जनाएको बताए । टानले दुई हप्तापहिले भारतको मुम्बईमा सञ्चालित आउटवाउन्ड ट्राभल मार्ट (ओटिएम) मेलामा समेत सहभागिता जनाएको थियो । नेपालको पर्वतीय पर्यटन क्षेत्रमा ४५ वर्षदेखि क्रियाशील टानमा हाल दुई हजारभन्दा बढी पर्यटन व्यवसायी आबद्ध रहेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  २ : ५९ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै