८ चैत्र २०८२, आइतबार | March 22, 2026

सरकारी अस्पतालहरुमा नेपालमै उत्कृष्ट बन्यो लुम्बिनी प्रादेशिक अस्पताल



बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले न्यूनतम सेवा मापदण्ड मुल्याङ्कनमा नेपालका सबै सरकारी अस्पतालहरुलाई पछि पार्न सफल भएको छ । सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पता तेस्रो पटक प्रथम हुन सफल भएको हो ।

स्वास्थ्य निर्देशनालय न्युनतम सेवा मापदण्ड मुल्यांकन समितिका अनुसार न्यूनतम मापदण्ड मुल्याङ्कनमा अस्पतालले यो वर्ष ८९ अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष ८० अङ्क प्राप्त गरी पहिलो बनेको प्रादेशिक अस्पतालले यो वर्ष थप अंक प्राप्त गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए । लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्बेक्षण पश्चात मँगलबार र बुधबार दुई दिनसम्म बुटवलमा अयोजना गरेको मुल्याङ्कन तथा समीक्षा गोष्ठिमा अस्पताल प्रथम भएको जानकारी गराइएको हो ।

मुल्याङ्कन समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दाङ र निक सिमोन्स इनिस्टिच्युट काठमाडौं रहेको छ ।

लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्युठान, स्याङ्जा, रुकुम, रोल्पा लगायतका जिल्लाहरुबाट उपचारका लागि बिरामीहरु लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ५ : ०६ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा