६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा



तनहुँ । बन्दीपुर-४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकालाई सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन ।

मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई जग्गाधनी दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका हुन । अहिलेको चलनचल्तीको मूल्य रु.एक करोड बराबराको जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए ।

बन्दीपुरको केन्द्र मानिने स्थानमा बहुमूल्य जग्गा उपलव्ध गराएर जग्गादाता श्रेष्ठले ठुलो योगदान गरेको उनले बताए । “जग्गा प्राप्तसंगै आर्कषण सांस्कृतिक भवन निर्माण गरेर बन्दीपुरको पर्यटन क्षेत्रलाई थप उचाइमा पु¥याउन सहयोग मिलेको छ, भवनको पहिलो तलामा तीन सय जना क्षमताको सभाहल निर्माण गर्ने योजना बनाएका छौ,” उनले भने, “भवनको दोस्रो तलामा विभिन्न जातजातिका कलासंस्कृति झल्किने संग्रहालय निर्माण गरेर राखिनेछ ।”

गाउँपालिकाभित्रका सबै जातजातिको कलासंस्कृतिको संरक्षण र प्रर्बद्धनमा सहयोग पुग्ने उद्देश्य अनुरुप आफूले खुशी मनले जग्गादान गरेको जग्गादाता श्रेष्ठले बताए । गत वर्ष गाउँपालिका कार्यालयमा सांस्कृतिक भवन निर्माणका लागि रु।७० लाख विनियोजन भएकामा जग्गा नहुँदा रकम ‘फ्रिज’ भएको बताउँदै उनले अब त्यस्तो नहोस् भनेर जग्गा उपलव्ध गराएको स्पष्ट गरे ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ७ : १२ बजे

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई