२९ माघ २०८२, बिहिबार | February 12, 2026

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा



तनहुँ । बन्दीपुर-४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकालाई सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन ।

मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई जग्गाधनी दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका हुन । अहिलेको चलनचल्तीको मूल्य रु.एक करोड बराबराको जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए ।

बन्दीपुरको केन्द्र मानिने स्थानमा बहुमूल्य जग्गा उपलव्ध गराएर जग्गादाता श्रेष्ठले ठुलो योगदान गरेको उनले बताए । “जग्गा प्राप्तसंगै आर्कषण सांस्कृतिक भवन निर्माण गरेर बन्दीपुरको पर्यटन क्षेत्रलाई थप उचाइमा पु¥याउन सहयोग मिलेको छ, भवनको पहिलो तलामा तीन सय जना क्षमताको सभाहल निर्माण गर्ने योजना बनाएका छौ,” उनले भने, “भवनको दोस्रो तलामा विभिन्न जातजातिका कलासंस्कृति झल्किने संग्रहालय निर्माण गरेर राखिनेछ ।”

गाउँपालिकाभित्रका सबै जातजातिको कलासंस्कृतिको संरक्षण र प्रर्बद्धनमा सहयोग पुग्ने उद्देश्य अनुरुप आफूले खुशी मनले जग्गादान गरेको जग्गादाता श्रेष्ठले बताए । गत वर्ष गाउँपालिका कार्यालयमा सांस्कृतिक भवन निर्माणका लागि रु।७० लाख विनियोजन भएकामा जग्गा नहुँदा रकम ‘फ्रिज’ भएको बताउँदै उनले अब त्यस्तो नहोस् भनेर जग्गा उपलव्ध गराएको स्पष्ट गरे ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ७ : १२ बजे

टी-२० विश्वकप : दोस्रो खेलमा नेपाल आज इटालीसँग भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र

निर्वाचन आउन २१ दिन बाँकी : यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका