६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

बारामा मोटरसाइकलबाटै बाघले लछारेपछि…



बारा । बारामा बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन् । घाइते हुनेमा रौतहट बौधिभाई नगरपालिका-३ का ३० वर्षीय कृष्ण साह र सोही ठाउँका ३५ वर्षीय राजु साह रहेका छन् ।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनीहरू मोटरसाइकलमा सवार भएकै अवस्थामा बुधबार अपराह्न बाघले आक्रमण गरेको हो ।

अपराह्न पौने ५ बजे साहद्वय चढेको ना ३६ प ५०११ नम्बरको मोटरसाइललाई बाघले झम्टेको थियो ।

जितपुर-सिमरा उपमहानगरपालिका-१६ भद्रकालीस्थित पूर्व-पश्चिम राजमार्गमा पथलैयाबाट रोतहटतर्फ जाँदै गरेको मोटरसाइकललाई बाघले झम्टेको हो ।

उनीहरूको सामुदायिक अस्पताल निजगढ बारामा उपचार भइरहेको छ । बाघले झम्टिँदा मोटरसाइकलबाट लडेर दुबै जना घाइते भएका हुन् । चालक कृष्णको खुट्टामा र पछाडि सवार राजुको टाउको, बायाँ र दायाँ हातमा चोट लागेको छ ।

राजुलाई बाघले लछारेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । उक्त क्षेत्रमा बाघले आक्रमण गर्नसक्ने भएकाले आवत-जावत नगर्न प्रहरीले सुझाव दिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ७ : ३३ बजे

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन