२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

एनपीएलमा आज काठमाडौं-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।

दिनको पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । शीर्ष स्थानको होडमा रहेका काठमाडौं र सुदूरपश्चिम दुवै टोली जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा छन् ।

पाँच खेल खेलेको काठमाडौंले चार जित र एक हारसहित आठ अंक जोडेको छ । टोली हाल अंकतालिकाको दोस्रो स्थानमा छ । यता, छ खेल खेलेको सुदूरपश्चिमले चार जित र दुई हार बेहोर्दै समान आठ अंक जोडेको छ । सुदूरपश्चिम तेस्रो स्थानमा रहेको छ ।

आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सको सामना गर्नेछ । दुवै टोली प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रनेछन् ।

पाँच खेल खेलेको चितवनले दुई जित र दुई हार बेहोरेको छ भने वर्षाका कारण एक खेल रद्द हुँदा अंक बाँडेको छ । चितवन पाँच अंकसहित अंकतालिकाको पाँचौँ स्थानमा छ ।

त्यस्तै, छ खेल खेलेको जनकपुरले दुई जित र चार हारसहित चार अंक जोडेको छ । जनकपुर अंकतालिकाको छैटौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ८ : १४ बजे

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

रसुवा । रसुवाको गोसाइँकुण्ड क्षेत्रमा अवस्थित भैरवकुण्ड अन्य कुण्डभन्दा फरक

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय

एनपीएलमा आज काठमाडौं-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल

बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका

गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा आज बाँकेको खजुरा आइपुग्ने

खजुरा । हिन्दू धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गतेदेखि