२३ माघ २०८२, शुक्रबार | February 6, 2026

प्रमाणमा आधारित अनुसन्धानमा ‘डिजिटल फरेन्सिक ल्याब’ प्रभावकारी



काठमाडौं । प्रमाणप्रधान अपराध अनुसन्धानमा नेपाल प्रहरीको ‘डिजिटल फरेन्सिक ल्याब’ सहयोगीसिद्ध भएको छ ।

डेटा विश्लेषण गरी प्राप्त नतिजालाई ‘रिपोर्टिङ’ गर्ने भएकाले फरेन्सिक ल्याबले अदालत वा न्यायिक प्रक्रियाको अनुसन्धानका लागि प्रभावकारी तुल्याएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए ।

प्रवक्ता ढकालका अनुसार स्थापनादेखि हालसम्म ल्याबले चार हजार पाँच सय ५३ वटा मुद्दाका जम्मा २१ हजार चार सय १५ वटा सबुद परीक्षण गरेको छ । अझै पाँच हजार एक सय १३ वटा मुद्दाका २४ हजार चार सय २५ वटा सबुद परीक्षणका लागि ल्याबमा दर्ता भएका छन् । उनले अहिले दर्ता भएकामध्ये पाँच सय ६० मुद्दाका तीन हजार १० सबुद परीक्षणका क्रममा रहेको बताए ।

चालू आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा चार सय ४० वटा मुद्दाका दुई हजार एक सय ६२ वटा सबुद परीक्षण सम्पन्न भएका जनाइएको छ । प्रवक्ता ढकालले भने, “प्रमाणमुखी अपराध अनुसन्धान कार्यमा सहयोग गर्ने र सहजता ल्याउने भूमिका ल्याबको रहन्छ । आजकल अपराधीले कतै न कतै डिजिटल प्रविधि प्रयोग गरेर अपराध गर्न थालेको देखिन्छ । त्यसैले प्रहरीले पनि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी उच्चतम प्रयोग गर्न थालेको हो ।”

नेपालमा अपराध अनुसन्धानका क्रममा सङ्कलित वैज्ञानिक प्रमाणहरू संरक्षण, उत्खनन र विश्लेषण गर्न डिजिटल फोरेन्सिक ल्याब स्थापना भई क्रियाशील रहेको छ ।

ल्याबका प्रमुख, प्रहरी उपरीक्षक श्यामकुमार मण्डलका अनुसार हाल ल्याबबाट कम्प्युटर, मोबाइल, सामाजिक सञ्जाल, मल्टीमिडिया, मेमोरी, ड्रोन, जिपीएस र आइओटी डिभाइसलगायत फरेन्सिक परीक्षण र विश्लेषण गरी सम्बन्धित निकायलाई प्रतिवेदन प्रदान गर्ने गरिएको छ ।

अपराधको प्रकृति र प्रवृत्तिमा डिजिटल प्रविधिको प्रयोगतर्फ ध्यान जानु आवश्यक छ । हाल अदालत, संवैधानिक आयोग, नेपाल सरकारबाट गठित समितिहरू, नेपाल प्रहरी, नेपाली सेना, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, वन कार्यालय फरेन्सिक सेवा प्राप्त गरिरहेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १० : ०४ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद