९ श्रावण २०८३, शनिबार | July 25, 2026

तीव्र आँधीको आशङ्कामा मरिससद्वारा उडानहरू रद्द



मरिसस । मरिससले बिहीबार हिन्द महासागरको द्वीपमा बलियो उष्ण्कटिबन्धीय आँधी आएपछि उडान र विद्यालयहरू बन्द गरेको मौसम विज्ञान सेवाहरूले जनाएका छन् । एलेनोर नामक आँधी स्थानीय समयानुसार बिहान ४ बजे मुलुकबाट करिब दुई सय किलोमिटर उत्तरपूर्वमा रहेको र २० किलोमिटर प्रतिघण्टाको वेगमा अगाडि बढिरहेको मौसम सेवाले जानकारी दिएको छ ।

एक बुलेटिनमा भनिएको छ, “प्रारम्भमा हावा करिब ४० किलोमिटर प्रतिघन्टाको गतिमा दक्षिणपूर्व जानेछ । यो दिउँसो एक सय १० किलोमिटर प्रतिघन्टासम्म पुग्नेछ र फेरि एक सय २० किलोमिटर प्रतिघन्टाभन्दा बढी हुनेछ ।” मुलुकको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालकले हवाई सेवा बन्द हुने र राष्ट्रियवाहक एयर मरिससले बिहीबार बिहान प्रस्थानका लागि निर्धारित उडानहरू रद्द गर्ने बताएको छ । सार्वजनिक यातायात र विद्यालयहरू पनि बन्द गरिएको छ ।

आफ्नो सानदार सेतो बलौटे सामुद्रिक तटहरू र नीलो-हरियो पानीका लागि प्रसिद्ध दुर्गम टापु मरिसस कहिलेकाहीँ चक्रवातको मार्गमा पर्दछ । जनवरीमा उष्णकटिबन्धीय आँधी बेलालले एक व्यक्तिको ज्यान लिएको थियो र हजारौँ मानिसलाई विद्युत्विहीन बनाएको थियो । भवनहरूमा पानी भरिएका थिए भने यातायात प्रभावित बनेको थियो ।

प्रत्येक वर्ष नोभेम्बर-अप्रिलको मौसममा दक्षिण पश्चिम हिन्द महासागरमा करिब एक दर्जन आँधी वा चक्रवात आउँछन् । गत वर्ष फेब्रुअरीमा मरिससमा चक्रवात फ्रेडीका कारण भीषण वर्षा र आँधी आउँदा मलावी, मोजाम्बिक र मडगास्करलगायत सम्पूर्ण दक्षिण-पूर्वी अफ्रिकामा मृत्यु र विनाशको लहर निम्त्याएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १ : २७ बजे

सांसद गणेश पौडेलमाथि मसी छ्याप्नेलाई कारवाही गर्न रास्वपाको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा