२० मंसिर २०८२, शनिबार | December 6, 2025

नयाँ पुष्तालाई संस्कार र परिकार चिनाउन मैजु खलको नेवाः भोज



बुटवल । नेवार समुदायको संस्कार संस्कृति जगेर्ना गर्न र नयाँ पुष्तामा नेवाः संस्कृतिको पहिचान दिन भन्दै बुटवलमा नेवाः भोजको आयोजना गरिएको छ । तिलोत्तमा मैजु खलःको आयोजनामा सोमबार गोलपार्कस्थित दुर्गा मन्दिर परिसरमा नेवाः भोज कार्यक्रम आयोजना गरिएको हो ।

नेवारी संस्कार संस्कृति जगेर्ना गर्ने उदेश्यका साथ भोजको कार्यक्रम गरिएको मैजु खलकी अध्यक्ष मिलन श्रेष्ठले बताईन् । नया पुष्तामा नेवारी खानपिन, भाषा, संस्कृतिको बारेमा चिनारी गर्न कार्यक्रम प्रभावकारी हुने उनले उनले अपेक्षा गरिन् ।

मैजु खलःले यसपटक संगै पाँचौ पटक नेवाः भोज कार्यक्रम सम्पन्न गरिसकेको छ । उनले भने । आज आयोजित भोजमा नेवाः परिकारहरु मध्यका १९ परिकारहरु समेटेर नेवारी खाना तयार गरिएको उनले बताईन ।

नेवाः प्रचलनमा मौसम अनुसार फरक फरक परिकारहरु पाक्ने गर्दछ । ती परिकारहरु मौसम परिवर्तनलाई मध्यनजर राख्दै माव स्वास्थ्यलाई आवश्यक खनिज र पौष्टीक पदार्थले भरिपूर्ण हुने गर्दछन् ।

भोज कार्यक्रमको एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उदघाटन् गरिन् । सो अवसरमा बोल्दै उनले नेपाल सबै जातजातीको फुलबारी भएको बताईन् । नेवार जातीहरु संस्कार, संस्कृतिमा धनि र नेपालकै गौरवका रुपमा भएको बताउँदै उनले नयाँ पुष्तालाई नेवारी भाषा, संस्कार, संस्कृति चिनाउन यहाका संघसंस्थाहरुको पहल महत्वपूर्ण रहेको उनले बताइन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष विष्णु ढकालले आफनो वडामा नेवारहरुको धेरै बसोबासी रहेको उल्लेख गर्दै त्यसको प्रवद्र्धनमा आफु लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार आनन्द भगत श्रेष्ठले नेवाः महिलाहरुले संस्थागत भई आफ्नो भाषा, संस्कार, संस्कृति संरक्षणका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उनले बताए । महिलाहरुले सामाजिक कार्यमा समेत विविध कार्यक्रम गर्दै आएको उनले बताए । मैजुका महासचिव सुनिता श्रेष्ठका अनुसार आजको भोजमा करीब ५ सय जनाले सहभागीता जनाएका थिए । महिलाहरु संगठित भई खोलिएको संस्थामा १ सय ३६ जना सदस्यहरु छन ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ९ : ०७ बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले