२८ माघ २०८२, बुधबार | February 11, 2026

वाफ च्याम्पियनसिप : लेवनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि जोर्डनसँग खेल्ने



काठमाडौं । नेपाल पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा लेवनानलाई २-१ गाेलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेकाे हाे ।

नेपालका लागि सावित्रा भण्डारी र प्रिती राईले एक/एक गोल गरे । खेलको ३८ औँ मिनेटमा आत्मघाती गोलमार्फत् लेबनानले अग्रता बनाएको थियाे । डिबक्स अगाडीबाट डिफेन्डर पूजा रानाले दिएको ब्याक पास सीधै गोलपोष्टमा प्रवेश गरेपछि लेबनानले आत्मघाती गोल उपहार पाएकाे थियाे ।

खेलमा १-० ले पछि परेको अवस्था उल्टाउँदै सावित्राले खेलको ७६ औँ मिनेटमा गोल गर्दै खेललाई १-१ काे बराबरीमा ल्याएकी थिइन् । राेमाञ्चक बनेकाे खेलमा प्रितीले खेलकाे अतिरिक्त समयमा सुन्दर गाेल गर्दै नेपाललाई २-१ जित दिलाइन् ।

नेपालले अतिरिक्त समयमा कर्नर किक पाएको थियो । विमला चौधरीले प्रहार गरेको कर्नर क्लियर भएपछि बक्स बाहिर पुगेको थियो । प्रितीले बक्स बाहिरबाटै प्रहार गरेको बल गोलमा परिणत भयाे ।

अब फाइनलमा नेपालले जोर्डनको सामना गर्ने छ । यसअघि आज नै भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५-० गोलले पराजित गर्दै जोर्डन फाइनलमा प्रवेश गरेको थियाे ।

प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुनेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ७ : २७ बजे

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार