२ जेष्ठ २०८१, बुधबार | May 16, 2024

वाफको सेमिफाइनलमा समीकरण पुरा, नेपालको प्रतिद्वन्द्वी लेबनान



काठमाडौं । साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती समूह ‘बि’ का अन्तिम खेल सकिएसँगै सेमिफाइनलको समीकरण टुंगो लागेको हो ।

गएराती नेपालले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

नेपालको जितमा सावित्रा भण्डारीले २ गोल गरेकी थिइन् । योसँगै सावित्राको नेपालका लागि अन्तराष्ट्रिय गोल संख्या ५२ पुगेको छ । त्यसैगरी नेपालका लागिओ रेखा पौडेल र गीता रानाले एक एक गोल गरेका थिए ।

यो जितपछि नेपाल समुह चरणमा तिनै खेलमा विजयी हुँदै समूह विजेता बनेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै हारका बाबजुत प्यालेस्टाइन पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

अब नेपालले सेमिफाइनलमा लेबनानको सामना गर्ने छ। लेबनानले समूह ए मा ३ मध्ये २ खेल जितेको थियो । यो खेल मंगलबार राती नेपाली समय अनुसार १०: ४५ बजेदेखि शुरु हुने छ ।

त्यस्तै अर्को सेमिफाइनल खेल जोर्डन र प्यालेस्टाइनबीच हुने छ। यो खेल मंगलबार नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुने छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १० : ०५ बजे

पाल्पा बलेरो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १४ जना घाइते (नामावलीसहित)

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एकजना ६ वर्षिय

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन