१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेजाले १७ औं साधारण सभा बोस्टनमा गर्ने



अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १७ औं साधारण सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा गर्ने भएको छ । नेजाले फेब्रुअरी २४, २०२४ मा टेक्सास राज्यको अस्टिन सहरमा भौतिक रुपमा संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा बसेको बैठकबाट यही मे २५-२६, २०२४ मा आफ्नो १७ औं साधारण सभा गर्ने निर्णय गरिएको जनाएको छ ।

बोस्टनमा हुने सो साधारण सभा नेजाका क्षेत्रीय संयोजक (उत्तर-पूर्व) सुपेन्द्र बस्नेतको संयोजकत्वमा गरिने निर्णय गरिएको नेजाका महासचिव बाबुराम दाहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यसैगरी, नेजाले प्रवासमा रहेका नेपाली समुदायका आवश्यकतालगायत समसामयिक विषयवस्तुलाई समेटेर डिजिटल माध्यममार्फत आफ्नो समाचार पत्रिका (News Bulletin) प्रकाशन गर्नेसमेत जनाएको छ । यस्तै, नेपाली समुदायमा मात्र सीमित रहेको नेजालाई उत्तर अमेरिकामा रहेका मूलधारका पत्रकारका संस्थाहरूसँग पनि सहकार्य गरी आफ्नो दायरा फराकिलो बनाउन पहल गर्ने बताइएको छ ।

यस्तै, नेपाल तथा उत्तर अमेरिकामा पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारहरूलाई निर्धारित विषयमा नेजाले अध्येतावृत्ति (Fellowship) प्रदान गर्ने भएको छ । यसले स्वदेश एवं विदेशमा रहेर पत्रकारिता गरिरहेका नेपाली पत्रकारलाई हौसला मिल्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित हुन टेवा पुग्ने जनाइएको छ । यसैगरी, नेजाले अमेरिकामा रहेका पत्रकारलाई प्रदान गर्दै आएको ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’लाई पनि निरन्तरता दिने भएको छ ।

यसैगरी, नेपाली समुदायमा रहेका विभिन्न संघ-संस्थाबाट नेजालाई प्रचार-प्रसार तथा समाचार संप्रेषणका लागि अनुरोध आउने बताउँदै समुदायका कार्यक्रम तथा गतिविधिका बारेमा प्राप्त सूचनालाई समाचारको रुपमा तयार पारी आमसञ्चारमाध्यमलाई उपलब्ध गराउने विज्ञप्तिमार्फत जनाइएको छ । यस्तै, समुदायमा हुने गतिविधि एवं कार्यक्रमका बारेमा आवश्यक सूचना नेजाको आधिकारिक इमेल [email protected] मार्फत उपलब्ध गराउन सकिने समेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ८ : ०५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले