७ चैत्र २०८२, शनिबार | March 21, 2026

नेपालगन्जमा पहिलो किरियापुत्री भवन बन्दै



नेपालगन्ज । बढ्दो शहरीकरणका कारण घरघरमा पितृकार्य गर्न असहज हुँदै गएका बेला नेपालगन्जमा पहिलो सार्वजनिक किरियापुत्री भवन बन्ने भएको छ । नेपालगन्ज उपमहानगरको वडा नम्बर ४ स्थित शिव पार्वती मन्दिर अगाडी किरियापुत्री भवन बन्ने भएको हो ।

किरियापुत्री भवनको आज एक समारोहकाबीच नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गरे । सो अवसरमा बोल्दै नगर प्रमुख विष्टले किरियापुत्री भवनले साँघुरो दुखद कार्यमा परेका नगरबासीलाई सहजता प्राप्त हुने विश्वास ब्यक्त गरे । उनले नेपालगन्जमा टड्कारोरुपमा किरियापुत्री भवन आवश्यक महसुस हुँदै आएकोमा सबैको साझा प्रयास र सहभागिताबाट भवन बन्नु सराहनीय कार्य भएको बताए ।

करिब ६० लाखको लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको किरियापुत्री भवनले सर्बसाधारणलाई काजकिरिया गर्न राहत प्रदान गर्ने निर्माण समितिका संयोजक सेमराज शाक्यले बताए । दुई वटा परिवारले एकसाथ किरिया गर्न मिल्ने गरी बनाउन थालिएको भवन २ तलाको हुने शाक्यले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिका र वडा नम्बर ४ को सहयोग र समन्वय तथा विभिन्न व्यक्तित्वहरुको स्वःस्फूर्त सहयोगबाट किरियापुत्री भवन बन्न लागेको हो ।

शिलान्यास कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, समाजसेवी एवम् दाताहरु माधवी शाह, डा. सावित्रा कक्षपति, माधवराम बर्मा लगायतले सामुदायिक सहभागितामा बन्न लागेको किरियापुत्री भवनमा सबैको हातेमालो आवश्यक रहेको धरारणा राखेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ५ : ४४ बजे

कर्णाली प्रदेशसभाबाट हिमाली जिल्लामा नियमित हवाई उडान गर्ने ६ बुँदे संकल्पपत्र पारित

कर्णाली । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौं । जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६

ढोरपाटनमा भारी हिमपात

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी