२० मंसिर २०८२, शनिबार | December 6, 2025

वाफ महिला च्याम्पियनसिप : पेनाल्टीमा चुक्दा उपाधिबाट बञ्चित भयो नेपाल



काठमाडौं । पेनाल्टी सुटआउटमा चुक्दा नेपाल वाफको उपविजेतामै सीमित भएको छ । पेनाल्टी सुटआउटमा नेपाललाई ५-३ ले हराउँदै जोर्डनले पश्चिम एसियाली फुटबल फेडेरेसन वाफ महिला च्याम्पियनसिपको उपाधि छैठौं पटक जितेको हो ।

बिहीबार राति साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा सम्पन्न खेलको निर्धारित ९० मिनटको खेल दुई-दुई गोलको बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट गरिएको हो । जोर्डनका आयह अल मजाली, मास्या जेबाराह, नोउर जकास, सारह अबु सबाह र रोजबहान फ्राइजले पेनाल्टीमा गोल गरिन् ।

नेपालका गीता राई, दीपा शाही, हीराकुमारी भुजेलले गोल गरेका थिए । नेपालकी अमृता जैसीको प्रहार भने जोर्डनका गोलकिपरले विफल बनाएकी थिइन् । निर्धारित समयको खेलमा सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन् ।

२९ औँ मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै सविताले १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन् । पहिलो हाफमा १-० को अग्रता बनाए पनि नेपालले दोस्रो हाफमा त्यसलाई कायम राख्न सकेन । ७४ औँ मिनेटमा जोर्डनकी लाना फेरसले बराबरी गोल गरेकी थिइन् ।

८९ औँ मिनेटमा साराह अबु सबाहले गोल गर्दै जोर्डनलाई २-१ को अग्रतामा राखेकी थिइन् । तर इन्जुरी समयमा पाएको पेनाल्टीलाई गीता रानाले सदुपयोग गर्दै नेपाललाई २-२ को बराबरीमा फर्काएकी थिइन् ।

प्रतियोगितामा पाहुना टिमका रूपमा सहभागिता जनाएको नेपालले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा अन्तिम-४ मा लेबनानलाई हराएको थियो । प्रतियोगिताकै सबैभन्दा सफल टिम जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

साविक बिजेता समेत रहेको जोर्डनले योसहित छैटौँपटक प्रतियोगिताको उपाधि जितेको छ । नेपाली महिला टिमले खेलेको यो ११ औँ फाइनल हो । नेपालले हालसम्म कुनै पनि प्रतियोगिताको उपाधि जित्न भने सकेको छैन ।

नेपालले यसअघि पाँच पटक साफ महिला च्याम्पियनसिप, तीन पटक साग गेम्सअन्तर्गतको महिला फुटबल, एकपटक हिरो कप र एकपटक नादेज्दा कपको फाइनल खेले पनि सबैमा हार बेहोरेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ७ : २५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल