२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

ढुवानी व्यवसायीद्वारा ट्रक व्यवसायीलाई सम्मान



बुटवल । ढुवानी व्यवसायी समिति, रुपन्देहीले पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिलाई शनिवार ढुवानी ग्राममा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा बोल्ने यातायात क्षेत्रका अगुवाहरुले पछिल्लो समय ढुवानी क्षेत्र धाराशाही बन्दै गएको बताउदै त्यसलाई बचाउन ट्रक व्यवसायी तथा ढुवानी व्यवसायीवीच बलियो सहकार्यमा जोड दिएका छन् । उनीहरुले सरकारले तोकेको भाडा लिनका लागि व्यवसायीहरुवीचको एकता र सहकार्य जरुरी रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले यातायात क्षेत्रमा देखिएको समस्या र सवारीका साधन सञ्चालन गर्नका लागि नयाँ ढंगले अगाडी बढ्न सबैलाई आग्रह गरे । उनले ट्रक व्यवसायी र ढुवानी व्यवसायीका समस्या एउटै भएको हुदा सगैं अगाडी बढ्ने बातावरण निमार्णका लागि नयाँ नेतृत्व जिम्मेवार बन्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघ, लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डेले नयाँ नेतृत्वलाई व्यवसायीहरुलाई एकतावद्ध बनाएर लैजाने चुनौति रहेको बताउदै अब यातायात क्षेत्रमा एक अर्कालाई आरोप लगाएर व्यवसाय नबच्ने धारणा राखे ।

ढुवानी व्यवसायी समिति, रुपन्देहीका अध्यक्ष जीत बहादुर भाटको अध्यक्षता, महासचिव कमलराज ढुङ्गानाको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष माधव आर्चायको स्वागतमा भएको कार्यक्रममा पश्चिमाञ्चल यातायाता व्यवसायी समितिका नवनिर्वचित अध्यक्ष टिकाराम गौतम, ढुवानी व्यवसायी समितिका पूर्व अध्यक्ष माधव नेपाल लगायत बोलेका थिए ।

सो अवसरमा पश्चिमाञ्चल यातायाता व्यवसायी समितिका नवनिर्वचित अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरुलाई ढुवानी व्यवसायी समिति, रुपन्देहीका अध्यक्ष जीत बहादुर भाटले टिका तथा खादा लगाएर सम्मान गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ४ : ५२ बजे

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल