२० भदौ २०८३, शनिबार | September 5, 2026

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा



बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा भएको छ । यही चैत २० र २१ गते हुने समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन हुने भएको छ ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टीकाराम गौतमले साधारणसभाको सबै तयारी पुरा भएको र जिल्ला बाहिरबाट आउने अतिथी पाहुनाहरुको आगमन शुरु भएको बताए । उनले यस पटक समितिको नयाँ नेतृत्वका लागि खुल्ला रुपमा लोकतान्त्रीक प्रकृया अनुसार निर्वाचन हुने समेत बताए । उनले आफनो कार्यकाल सफल बनाउन हरेक क्षेत्रबाट भएको सहयोगको सराहना समेत व्यक्त गरे ।

समितिमा नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी पनि शुरु भएको छ । नयां नेतृत्वका लागि ३ जनाले आकांक्षा व्यक्त गरेको बुझिएको छ । यद्यपी निर्वाचनको कार्यतालिका अझै सार्वजनिक नभएकाले आधिकारिक रुपमा उम्मेदवारी भने दर्ता नभएको निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले बताए । समितिको नयाँ नेतृत्वका लागि पूर्व वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्कीको नेतृत्वमा प्यानल तयार गरिएको सामाजिक संजालमा देखिएको छ । कार्कीको प्यानलले अनुभवी, कर्मठ, उर्जाशिल, र व्यवसायी तथा मजदुरहरुको हितमा दत्तचित समावेशी संयुक्त साझा प्यानलका रुपमा अगाडी सारेका छन ।

त्यस्तै व्यवसायिक हकहितका लागि कर्मठ र योग्य युवाहरुको प्यानल भन्दै याम बहादुर जिसीको नेतृत्वमा अर्को प्यानल तयार गरिएको पनि सामाजिक संजालबाट देखिएको छ ।

त्यस्तै विभिन्न १४ वुद्धे प्रतिवद्धता सहित युवा व्यवसायी पंकज राईले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन । अध्यक्षका उम्मेदवार राईले एकल रुपमा उम्मेदवारी दिने पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन । समितिमा २ हजार ट्रक र १ हजार २ सय व्यवसायी रहेका छन । समितिका वर्तमान अध्यक्ष टीकाराम गौतम, वरिष्ठ उपाध्यक्ष कमल घिमिरे र कोषाध्यक्ष शंकर लम्साल भने आगामी नेतृत्वका लागि चुनावी मैदानमा रहेका छैनन । महासचिव खिम बहादुर थापा नारायण भने पुन महासचिवमा कार्की प्यानलमा रहेको सामाजिक संजालमा पोष्ट भएको कार्डबाट पुष्टि भएको छ ।

त्यस्तै जिसीको प्यानलबाट बर्तमान सचिव बसन्त खडकाले महासचिवमा उम्मेदवारी बनेको देखिएको छ । १३ पदाधीकारी र ११ कार्यसमिति सदस्य पदका लागि निर्वाचन प्रकृयाबाट नेतृत्व छनोट हुने भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ४ : ४१ बजे

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ