२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

मोरङमा किशोरीको हत्या गर्ने २४ घन्टा नबित्दै पक्राउ



मोरङ। रहस्यमय तरीकाले एक किशोरीको विभत्स हत्या गरी फरार रहेको अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी रहेका छन् । रगतको छिर्का नसुक्दै प्रहरी वरिष्ठ उपरीक्षक नवराज कार्कीको कुशल अनुसन्धानमा प्रहरीले घट्ना भएको भोलिपल्टै हत्यारालाई पक्राउ गर्न सफल भएको हो। मोरङ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी हत्यारालाई सार्वजनिक गर्ने भएको छ।

किशोरीको शव पोस्टमार्टमको लागि धरान स्थित बिपि स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ शवको पोस्टमार्टम भोली गरिने भएको छ।

उनलाई सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०स्३० बजेतिर धारिलो हतियार प्रहार गरिएको थियो ।

ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनी पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ४ : ४७ बजे

जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत

सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छु : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा