१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

सकियो लुम्बिनीमा त्रिपिटक पाठ



लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित तीन दिने तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन मंगलबार सकिएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी साँस्कृतिक नगरपालिका सहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ (वाचन) गरिएको हो ।

त्रिपिटक पाठको मंगलबार निवर्तमान शिक्षामन्त्री अशोक राईले एक समारोहका बीच समापन गरे । समापन समारोहलाई सम्बोधन गर्दै निवर्तमान शिक्षामन्त्री राईले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धका शिक्षाहरुको संगालो त्रिपिटक पाठले विश्वभर सकरात्मक सन्देश प्रवाह गरेको बताए । गौतमबुद्ध एसियाको मात्रै नभएर विश्वकै प्रकाश भएको बताउँदै बुद्धको शिक्षा विश्वका लागि अपरिहार्य भइसकेको उनले बताए ।

उनले विश्वमा देखिएको अशान्ति र अहिंसालाई सहि मार्गमा ल्याउने बुद्धको शिक्षाहरु पवित्रस्थल लुम्बिनीमा वाचन गरिने कुरा आफैमा स्मरणीय रहेको बताए ।

यस्तै उक्त अवसरमा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु फ्रा खु्र धमेशभनले आजको आधुनिक समाजमा बुद्धशिक्षाको आवश्यकता बढ्दै गएको बताए । उनले महासंघले तेस्रो पटक लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन गर्न सफल भएको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले लुम्बिनीमा तीन दिने त्रिपिटक पाठले यहाँको व्यवसायलाई समेत चलायमान बनाएको र बुद्ध शिक्षालाई विश्वव्यापी बनाउने काम गरेको बताएन् ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको पर्यटन प्रवद्र्धनसँगै बुद्धशिक्षालाई अन्तर्राष्ट्रियकरण गराउनका लागि त्रिपिटक पाठले महत्वपूर्ण योगदान दिएको बताए ।

समापन समारोहमा थाइल्याण्डका बौद्धधर्म गुरु सोमदेज फ्रा महामुनीयोङको लिखित शूभकामना सन्देश वाचन गरी सुनाइएको थियो । साथै उक्त अवसरमा त्रिपिटक कार्यक्रमका लागि सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको महासंघका महासचिव भिक्षु निग्रोधले जानकारी दिए ।

गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थ त्रिपिटक हो । अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी ३ ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ । त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो । हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश संग्रहित छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भएपनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : १३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले