१५ माघ २०८२, बिहिबार | January 29, 2026

आज १४ जनाले मन्त्री पदको सपथ लिने, साँझ ५ बजे सपथ ग्रहण (सुचीसहित)



काठमाडौं। पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको मन्त्रीमण्डलमा आज थप १४ जनाले मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन ।

जसअनुसार नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन । प्रचण्ड सरकारमा रहने १७ मध्ये तीन जनाले यसअघि नै पद तथा गोपनियताको सपथ लिइसकेका छन ।

जसका लागि राष्ट्रपति भवन, शितल निवासमा साँझ ५ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले पद तथा गोपनियताको सपथ लिइसकेका छन् । बिना बिभागीय मन्त्रीको हैसियतमा सपथ लिएका यी तीन नेताले आजै मन्त्रालयको जिम्मेवारी पाउने छन् ।

यस्तो हुनेछ प्रचण्ड मन्त्रिपरिषद :
प्रधानमन्त्रीः पुष्पकमल दाहाल प्रचण्ड

नेकपा एमालेका मन्त्रीहरूः

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती, रक्षा
भगवति चौधरी, महिला बालबालिका
राजेन्द्र राई, खानेपानी
दामोदर भण्डारी, उद्योग
ज्वालाकुमारी साह, कृषि तथा सहकारी
बलराम अधिकारी, भूमि व्यवस्था

माओवादीका मन्त्रीहरू

नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन, अर्थ
शक्ति बस्नेत, उर्जा
रेखा शर्मा, सुचना तथा सञ्चार
हितबहादुर तामाङ,  संस्कृति तथा पर्यटन

 

रास्वपाका मन्त्रीहरू

रवि लामिछाने, उपप्रधान तथा गृह
डीपी अर्याल, श्रम तथा रोजगार
विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
सुमना श्रेष्ठ, शिक्षा तथा बिज्ञान

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ४ : ०६ बजे

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा

मधेसको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

धनुषा । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

तानसेन । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको