१५ पुस २०८२, मंगलबार | December 30, 2025

कांग्रेस संसदीय दलको निस्कर्ष – प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरे



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेको निस्कर्ष निकालेको छ ।

कांग्रेस संसदीय दलको बिहीबार बिहान बसेको बैठकले प्रधानमन्त्री प्रचण्डले राजनीतिक विश्वासघात गर्दै गठबन्धन भत्काएको निष्कर्ष निकालेको हो ।

गठबन्धन तोड्नुपर्नाका कारणबारे प्रधानमन्त्री दिएको तर्क काल्पनिक रहेको पनि कांग्रेसले ठहर गरेको छ । ‘प्रधानमन्त्रीले हामीलाई विश्वासघात गर्नुभयो, गठबन्धन भत्काउनुभयो,’ बैठकपछि संचारकर्मीसँग कुरा गर्दै संसदीय दलका मुख्यसचेतक रमेश लेखकले भने, ‘तथाकथित कारण देखाएर उहाँले गठबन्धन भत्काउनुभयो, यसलाई हामीले राजनीतिक बेइमानीका रूपमा ठहर गरेका छौं।’

संसदीय दलले पार्टी केन्द्रले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णयअनुसार अघि बढ्दै समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराउने निर्णय गरेको छ । कांग्रेसले ०७९ पुस २६ गतेको निर्णयअनुसार प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो।

यही सोमबार प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपासहितको नयाँ गठबन्धन बनाएका थिए।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १२ : ०३ बजे

समानुपातिकतर्फ ६३ दलले बुझाए बन्दसूची, कांग्रेसको सूची पर्खाइमा निर्वाचन आयोग

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपाले चार कलाकारलाई समानुपातिक उम्मेदवार बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते

मुक्तिनाथ-तेताङ चक्रपथ सडक निर्माण

मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक

बुटवलमा आजदेखि तीनदिने ‘बुटवल सडक खाना महोत्सव-२०८२’ सुरु हुँदै

बुटवल । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा आजदेखि तीन