२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्दछ : अध्यक्ष नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकासका लागि महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष नेपालले ११४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै राज्यका सबै निकायमा महिलाको प्रतिनिधित्व सुनिश्चितताका साथै राष्ट्र निर्माणमा उनीहरूलाई अग्रसर हुने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन ।

समाजमा विद्यमान सबै प्रकारका भेदभावको अन्त्यगरी जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने उल्लेख गर्दै विज्ञप्तिमा उनले विविधताले भरिएको मुलुकमा सामाजिक एकता कायम गर्न जातीय, लैङ्गिक तथा वर्गीय विभेद बाधक रहेकाले यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । उनले आर्थिक, सामाजिक, राजनीतिकलगायत क्षेत्रमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरी देशमा सामाजिक रुपान्तरण गर्न सकिने उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले देशमा विभिन्न समयमा भएका जनआन्दोलनमा महिला वर्गको सहभागिता र योगदानबाट राजनीतिक क्रान्ति पूरा गरिएको भन्दै उनीहरुलाई सामाजिक न्यायका साथै समानताका कानुनी अधिकार रहेकाले त्यसलाई सुरक्षित गर्ने दायित्व राज्यको भएको विज्ञप्तिमा भनेका छन् ।

आज विश्वभर ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  १२ : २१ बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने