१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पाकिस्तानमा पनि मनाइदैँछ शिवरात्री, शिवरात्री मनाउन ६२ भारतीय हिन्दु लाहौंर पुगे



इस्लामबाद । मुस्लिम राष्ट्र पाकिस्तानमा  महाशिवरात्रि पर्व हर्षोल्लासका साथ मनाइँदैछ ।

त्यहाँको महाशिवरात्रि पर्वमा सहभागी हुनका लागि गत बुधबार भारतबाट ६२ हिन्दूहरु वाघा सीमा नाका हुँदै लाहोर पुगेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन ।

इवेक्यू ट्रस्ट प्रपर्टी बोर्डका प्रवक्ता आमिर हाश्मीले समाचार एजेन्सीसँग कुरा गर्दै यस सम्बन्धमा जानकारी दिएका हुन ।

‘महाशिवरात्रि पर्वमा सहभागी हुन भारतबाट कुल ६२ हिन्दू तीर्थयात्री लाहोर आइपुगेका छन,  ‘ईटीपीबीले लाहोरमा आयोजना गरिरहेको महाशिवरात्रिको मुख्य समारोह लाहोरबाट करिब ३०० किलोमिटर टाढा रहेको चकवालको ऐतिहासिक कटासराज मन्दिरमा मार्च ९ मा आयोजना गरिने छ ।’

प्रबत्ता हासमीका अनुसार यस कार्यक्रममा राजनीतिक, सामाजिक र धार्मिक नेताहरुको सहभागिता रहनेछन । उनका अनुसार वाघामा विश्वनाथ बजाजको नेतृत्वमा आएका हिन्दुहरुलाई धार्मिक स्थलका अतिरिक्त सचिव राणा शाहिद सलिमले स्वागत गरेका थिए ।

पाकिस्तानमा बनेको यो कटास राज मन्दिरलाई हिन्दूहरूले पवित्र मान्ने कटास नामक पोखरीले घेरेको छ। यो मन्दिर पाकिस्तानको पञ्जाब प्रान्तको पोतोहर पठार क्षेत्रमा अवस्थित छ। आफ्नी पत्नी सतीको मृत्युपछि शोकमा पृथ्वीमा भौंतारिरहेका शिवको आँसुबाट मन्दिरको पोखरी बनेको जनविश्वास छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  १२ : ३० बजे

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र