१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मणिमुकुन्द सेन उद्यान परिसरमा रहेको ५ सय वर्ष पुरानो शिवमन्दिर उद्घाटन



बुटवल । पर्यटकीय गन्तव्य मणिमकुन्द सेन उद्यान (फुलबारी) संरक्षण समिति परिसरमा रहेको ५ सय वर्ष पुरानो सेनकालिन शिवालय मन्दिर उद्घाटन गरिएको छ । धार्मिक महत्व बोकेको मन्दिरको पुनःनिर्माण गरि शुक्रबार महाशिवरात्रीको दिन उद्घाटन गरिएको हो ।

कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका सदस्य तथा पुर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले संयुक्त रुपमा पुजापाठसहित मन्दिरको उद्घाटन गरेका छन ।

कार्यक्रममा पुर्वमन्त्री श्रेष्ठले विकास अल्पकालिन नभई दिर्घकालिन हुने बताए । विकासको पुर्णता एक सय वर्षको अन्तरमा देखिने उनले भन्दै बुटवलको विकासमा गति लिईरहेको बताए । स्थानिय पालिकाबाट २५ वर्षअघि थालेको काममा अहिले स्वरुप लिईरहेको उनले दाबी गर्दै उनले अब यो विकासको गतिलाई तिव्रताका साथ अघि बढाउनुपर्ने बताए । फुलबारीलाई अध्ययन केन्द्रको रुपमा बिकासको योजना अघि बढाउनु उनले सुझाव दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले फुलबारी धार्मिक, पर्यटकिय स्थलको रुपमा विकास भएको भन्दै यहाँ ५ सय वर्ष पुरानो शिवमन्दिर, मदारबाबा थान लगायतका धेरै स्थलहरु रहेको बताए । भग्नावशेष दरबारलाई पुरातत्व विभागबाट स्वीकृति लिएर रंगमहल बनाउने योजना अघि बढाएको भएपनि पुरा हुन नसकेको उनले बताए ।

कार्यक्रममा उद्यानका अध्यक्ष माधव नेपालले शिवरात्रीको महत्त्वबारे प्रकाश पार्दै फुलबारी परिसरमा बिस १५७५ सालमा सेनराजाबाट स्थापना भएको मन्दिरलाई पुर्ननिर्माण गर्न सफल भएको बताए । बुटवलको मनोरम र पर्यटकिय गन्तव्यको रुपमा चिनाउन मन्दिरको समेत महत्व रहेको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय उद्यान महासंघ नेपालका अध्यक्ष खेमप्रसाद लुईटेलले देशभरका उद्यानहरुलाई विशिष्टिकृत रुपमा विकास गर्ने गरि योजना बनाएर अघि बढाउन खोजेको बताए । नेपालकै उद्यानहरुको अध्ययनमा बुटवलको उद्यान सबैभन्दा ब्यवस्थित र उत्कृष्ट रहेको दाबी गरे ।

कार्यक्रममा उद्यानका सल्लाहकार बिमल बहादुर शाक्य, नेवापुच नेवा विकास परिषदका अध्यक्ष काजीमान श्रेष्ठ, महासचिव युवराज घिमिरेले बुटवलको पहिचानको रुपमा फुलबारी रहेको बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ३ : ५५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा