१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

मणिमुकुन्द सेन उद्यान परिसरमा रहेको ५ सय वर्ष पुरानो शिवमन्दिर उद्घाटन



बुटवल । पर्यटकीय गन्तव्य मणिमकुन्द सेन उद्यान (फुलबारी) संरक्षण समिति परिसरमा रहेको ५ सय वर्ष पुरानो सेनकालिन शिवालय मन्दिर उद्घाटन गरिएको छ । धार्मिक महत्व बोकेको मन्दिरको पुनःनिर्माण गरि शुक्रबार महाशिवरात्रीको दिन उद्घाटन गरिएको हो ।

कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका सदस्य तथा पुर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले संयुक्त रुपमा पुजापाठसहित मन्दिरको उद्घाटन गरेका छन ।

कार्यक्रममा पुर्वमन्त्री श्रेष्ठले विकास अल्पकालिन नभई दिर्घकालिन हुने बताए । विकासको पुर्णता एक सय वर्षको अन्तरमा देखिने उनले भन्दै बुटवलको विकासमा गति लिईरहेको बताए । स्थानिय पालिकाबाट २५ वर्षअघि थालेको काममा अहिले स्वरुप लिईरहेको उनले दाबी गर्दै उनले अब यो विकासको गतिलाई तिव्रताका साथ अघि बढाउनुपर्ने बताए । फुलबारीलाई अध्ययन केन्द्रको रुपमा बिकासको योजना अघि बढाउनु उनले सुझाव दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले फुलबारी धार्मिक, पर्यटकिय स्थलको रुपमा विकास भएको भन्दै यहाँ ५ सय वर्ष पुरानो शिवमन्दिर, मदारबाबा थान लगायतका धेरै स्थलहरु रहेको बताए । भग्नावशेष दरबारलाई पुरातत्व विभागबाट स्वीकृति लिएर रंगमहल बनाउने योजना अघि बढाएको भएपनि पुरा हुन नसकेको उनले बताए ।

कार्यक्रममा उद्यानका अध्यक्ष माधव नेपालले शिवरात्रीको महत्त्वबारे प्रकाश पार्दै फुलबारी परिसरमा बिस १५७५ सालमा सेनराजाबाट स्थापना भएको मन्दिरलाई पुर्ननिर्माण गर्न सफल भएको बताए । बुटवलको मनोरम र पर्यटकिय गन्तव्यको रुपमा चिनाउन मन्दिरको समेत महत्व रहेको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय उद्यान महासंघ नेपालका अध्यक्ष खेमप्रसाद लुईटेलले देशभरका उद्यानहरुलाई विशिष्टिकृत रुपमा विकास गर्ने गरि योजना बनाएर अघि बढाउन खोजेको बताए । नेपालकै उद्यानहरुको अध्ययनमा बुटवलको उद्यान सबैभन्दा ब्यवस्थित र उत्कृष्ट रहेको दाबी गरे ।

कार्यक्रममा उद्यानका सल्लाहकार बिमल बहादुर शाक्य, नेवापुच नेवा विकास परिषदका अध्यक्ष काजीमान श्रेष्ठ, महासचिव युवराज घिमिरेले बुटवलको पहिचानको रुपमा फुलबारी रहेको बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ३ : ५५ बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध