१४ असार २०८३, आइतबार | June 28, 2026

बुटवलमा मानव धर्म सेवा समितिको आयोजनामा महाशिवरात्री महोत्सव



बुटवल । शिवरात्री पर्वको अवसरमा मानव धर्म सेवा समितिको आयोजनामा महाशिवरात्री महोत्सव २०८० सम्पन्न भएको छ ।

शुक्रबार श्री हंस कृति आश्रम बुटवलमा भएको कार्यक्रममा मानव धर्मका प्रणेता श्री सद्गुरु देव महाराजले शिवले ध्यान गर्ने तत्वलाई जानेर अघि बढ्न सकियो भने जीवनमा सार्थक हुने बताएका छन् ।

उनले भने, ‘अध्यात्मले शान्ती फैलाउनका लागि महत्वपुर्ण भुमिका खेल्ने भएकाले यस्ता कार्यक्रमले मानिसमा शान्तीको सन्चार गर्नेछ । आध्यात्मिक शान्तीका लागि आत्मज्ञान महत्वपुर्ण रहेकाले नामको महत्वलाई बुझ्न सकियो भने मानव जिवनको सार्थकता पुर्ण हुनेछ ।’

भारतमा राम मन्दिर बन्नका लागि ५ सय वर्षको प्रतिक्षा गर्नुपरेको सन्दर्भलाई जोड्दै उनले नेपालमा विराट सत्संग कार्यक्रम गर्न ५ वर्ष लागेको अनुभव सुनाए । उनले मानव जीवनमा राम बन्न पहिले राम नामको तत्वलाई जान्न पर्नुपर्नेमा जोड दिए ।

कोभिड १९ का कारण नेपालमा पाँच वर्षदेखि सत्संग कार्यक्रम हुन सकेको थिएन । यसअघि २०७५ मा झापाको धुलावारीमासत्सगं कार्यक्रम भएको थियो । कार्यक्रममा श्री विभुजी महाराजले आजको दिनमा शिवरात्रीसँगै नारी दिवसपनि संँगै परेकाले यसलाई संयोगका रुपमा लिनुपर्ने बताए ।

उनले संसारमा आउनुको कारण दुख र सुख दुवै कुरा भोग्नआएकाले यी सबै प्रक्रियालाई हामीले भोग्नै पर्ने बताए । संसारमा माया दुखको कारण रहेकाले यसबाट कोही पनि अछुतो नरहने उनले सुनाए ।

कार्यक्रमका बोल्दै जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चपाईले गौतम बुद्ध र पशुपतिनाथको देशमा हामीले यस्तो कार्यक्रम गर्न पाउनु नै भाग्यको कुरा भएको बताए । यस्ता कार्यक्रमले मानिसलाई अध्यात्ममा लाग्न प्रेरणा मिल्ने उनले बताए ।

बुटवल उपमहानगर पालिकाका उपप्रमुख खेलराज पाण्डेले धार्मिक दृष्टिकोणबाट बुटवललाई अघि बढाउन लागेकाले यस्ता कार्यक्रमले सघाउ पुग्ने बताए । बुटवलमा यसअघि २०७० सालमा एक दिवसीय कार्यक्रम भएको थियो। ११ वर्षपछि पुनः बुटवलले कार्यक्रम गर्ने अवसर पाएको हो ।

कार्यक्रमका वक्ताहरुले बुद्धको जन्म स्थान लुम्बिनीमा आयोजना भएको यो कार्यक्रमले शान्तीको सन्देश दिएको बताए ।

महाशिवरात्री महोत्सवको अवसरमा शुक्रबार बिहान युवा संगठन र बाल सभाले विभिन्न प्रस्तुती दिएका थिए। शिवरात्री महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै भक्ती संगीतका कलाकारले सुमधुर भक्ती संगीत प्रस्तुत गरेका थिए ।

शिवरात्री महोत्सव अघि बिहान प्रभातफेरि कार्यक्रम आयोजना गरिएको थियो । प्रभातफेरिमा आश्रम प्राङ्गण हुँदै ब्लड बैंक,अमरपथ, ज्योति विकास बैंक, नविल बैंक, मेनरोडबाट मिलनचोक, तिनकुने, इट्टाभट्टी हुँदै पुनः आश्रम प्राङ्गणमा आएर टुङ्गीएको थियो । कार्यक्रको पुर्वसन्धयामा बिहिबार सरसफाइ कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ९ : ३२ बजे

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)