२१ मंसिर २०८२, आइतबार | December 7, 2025

रुपन्देहीको तिलोत्तमामा बन्यो निजी लगानीमा देशकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान

'एक्स्ट्राटेक लिजेन्ड कप' को आयोजना गरी मैदानको उद्घाटन



बुटवल । रुपन्देहीको तिलोत्तमामा निजी लगानीमा देशकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार भएको छ । गैरआवासीय नेपाली विनोद कुँवरले अष्ट्रेलियामा गरेको कमाइबाट तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरेका हुन् ।

उनले पहिलो चरणको संरचना फागुन २८ गते उद्घाटन गरी खेल सञ्चालन गर्ने तयारी गरिरहेको बताएका छन‍् । गत जेठ ३० गते शिलान्याय गरिएको उक्त रंगशालामा ‘एक्स्ट्राटेक लिजेन्ड कप’ आयोजना गर्न लागेको निर्देशक कुँवरले जानकारी दिए ।

एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन स्वरुप उक्त प्रतियोगिताका लागि जर्सी प्रदान गरिएको छ । टी-१० संरचनामा हुने एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चारवटा टोलीले प्रतिष्पर्धा गर्दैछन् ।

नेपालले सन् ११९६मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको थियो । यो टोलीका १४ मध्येका १२ खेलाडी लिजेन्ड्स ९६ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा उत्रिनेछन् ।

यही टोलीका ६ खेलाडी विश्वकप २०१४ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्नेछन् । पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया र अविनाश कर्ण रहेका छन् । २०१४ मा विश्वकप खेलेको नेपाली टोलीका ८ खेलाडी अहिले विदेशमा छन् । सोमपाल कामी र विनोद भण्डारी नेपाली राष्ट्रिय टोलीसँगै हङकङमा छन् ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका टोली बीचको कम्बिनेसन हो, रेस्ट अफ नेपाल । विनोद दासको कप्तानीमा रहेको रेष्ट अफ नेपाल टोलीमा नेपालबाट अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीहरु रहेका छन् । हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्ड्समा सञ्जीव जोशी, दुर्गा सेन, अन्तिम थापा, लालबहादुर अधिकारीसहित अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडीहरु रहेका छन् ।

नेपाली महिला टोलीले २००७ मा मलेसियामै भएको एसीसी कप प्रतियोगिता खेलेको थियो । सो टोलीका चार खेलाडीले यस तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्ने छन् । नितु थापा रुपन्देही लिजेन्ड्स, ममता थापा विश्वकप २०१४ नीरा राजोपाध्याय लिजेन्ड्स ९६ र सीता रानामगर रेस्ट अफ नेपालबाट खेल्ने छिन् । त्यस्तै गायक प्रमोद खरेलले रेष्ट अफ नेपाल, बढी पंगेनीले विश्वकप २०१४ र कर्पोरेटका प्रतिनिधित्व राजेन महर्जनले लिजेन्ड्स ९६ बाट खेल्नेछन् ।

तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा निभिया जर्सी पार्टनर र एयरलायन्स पार्टनरको रुपमा यति एयरलायन्सले सहयोग गरेको छ । एक्स्ट्राटेक ओभलका निर्देशक विनोद कुँवरले ९ महिनामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट निर्माण गरी प्रतियोगिता गर्न लागिएको जानकारी दिए । उनले छोटो समयमा पनि खेलकुद मैदान बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरिएको बताए ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले संघकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।संघका निवर्तमान अध्यक्ष प्रशान्त विक्रम मल्लले रुपन्देहीमा अर्को क्रिकेट खेलमैदान थपिएको भन्दै खुसी व्यक्त गरे । लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले केही महिनामै क्रिकेट खेलमैदान तयार भएको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले रुपन्देहीलाई क्रिकेट हब बनाउन यो खेलमैदानले सहयोग गर्ने बताए । लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले नेपालमा खेलकुदको दायरा फराकिलो छ भनेर बुझ्नुपर्ने बताए ।जर्सी पाटर्नर निभियाका राजन महर्जनले रुपन्देहीका धेरै खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा योगदान पुर्याएको चर्चा गरे ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ८ : ३२ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न