३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

एक्स्ट्राटेक लिजेन्ड कपको उपाधि २०१४ को विश्वकप टोलीलाई



बुटवल । लिजेन्ड कप टी-१० क्रिकेट प्रतियोगिताको उपाधि सन् २०१४ को टी-२० विश्वकप टोलीले जितेको छ । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै पारस खड्का नेतृत्वको टोलीले उपाधि जितेको हो ।

टी-२० विश्वकप टोलीले दिएको १०२ रनको लक्ष्य पछ्याएको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ९ विकेट गुमाउँदै ८४ रनमात्र बनाउन सक्यो ।

रेस्ट अफ नेपालका लागि युनिल श्रेष्ठले १८ र सीता रानामगरले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा टी-२० विश्वकप टोलीका स्यामसुङ जङ थापाले ४, शक्ति गौचन र बद्री पङ्गेनीले २-२ विकेट लिए ।

रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको टी-२० विश्वकप टोलीले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनाएको थियो ।

टी-२० विश्वकप टोली कप्तान पारस खड्काले विस्फाेटक इनिङ खेलेका थिए । उनी रेस्ट अफ नेपालविरुद्ध १२ बलमा ३९ रन बनाएर आउट भएका हुन् । वीरेन्द्र शाहले २९ र प्रफुल्ल वैद्यले १३ रनको योगदान दिए ।

बलिङमा रेस्ट अफ नेपालका लाक्पा लामाले ४, राजकुमार प्रधान र दीपेन्द्र चौधरीले एकएक विकेट लिएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ६ : २६ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा