३ पुस २०८२, बिहिबार | December 18, 2025

उपनिर्वाचनमा इलाम-२ बाट उम्मेदवार बन्न सुहाङको निवेदन



काठमाडौं । आगमी वैशाख १५ गते इलाम-२ मा प्रतिनिधिसभा सदस्य चयनका लागि हुने निर्वाचनको उम्मेदवारका लागि नेकपा (एमाले) मा सुहाङ नेम्वाङले दाबेदारी पेश गरेका छन् ।

उनी स्वर्गीय सुवासचन्द्र नेम्वाङका कान्छो छोरा हुन् । गत भदौ २६ गते सुवास नेम्वाङको निधनपछि उक्त क्षेत्र अहिले प्रतिनिधि सभा सदस्य विहीन छ ।

एमालेले इलाम जिल्ला कमिटीले इलाम २ को उपनिर्वाचनका लागि उम्मेदवार चयनबारे अध्ययन गर्न उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलमा सुहाङले निवेदन दिँदै आफ्नो दाबी प्रस्तुत गरेका हुन् । उनले आफू उपनिर्वाचनको प्रतिस्पर्धाका लागि तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १ : ३१ बजे

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित