२ पुस २०८२, बुधबार | December 18, 2025

अबैध ओसार-पसार गर्दै गरेको ३८ वटा गोरु प्रहरी नियन्त्रणमा



बुटवल । रुपन्देही प्रहरीले गैरकानूनीरुपमा ओसार-पसार गरिरहेको अवस्थामा ३८ वटा गोरु सहित गोरु ओसार-पसारमा संलग्नहरुलाई नियन्त्रणमा लिएको छ । गैरकानूनी रुपमा गोरुको ओसार-पसारको सूचना पाएको रुपन्देही प्रहरीले दुईदिन लगाएर ३८ वटा गोरु नियन्त्रणमा लिएको हो ।

प्रहरीले गोरु ओसार पसारमा प्रयोग भएको २ थान ट्रक पनि बरामद गरेको छ ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज साँझ ५ बजेको समयमा जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. १ रानिबगियाबाट पश्चिम बाट पूर्व तर्फ गई रहेको ना ६ ख २३८४ नं.को ट्रकमा अबैध रुपमा गोरु लोड गरी लैजादै गरेको अबस्थामा ट्रक सहित १९ वटा गोरु, ट्रक चालक जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ५ बस्ने मान बहादुर बेलबासेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले हिजो बिहान पनि सैनामैना नगरपालिका वडा नं.५ बुद्धनगरबाट ना ६ ख २६४५ नं। को ट्रकमा अबैध रुपमा लोड गरी लैजादै गरेको अबस्थामा १९ वटा गोरु नियन्त्रणमा लिएको थियो । गोरु ओसारपसारमा संलग्न ट्रक चालक धादिङ गल्छि नगरपालिका वडा नं. ६ का बिनय लामालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ९ : ४४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल