२९ भदौ २०८३, सोमबार | September 14, 2026

अबैध ओसार-पसार गर्दै गरेको ३८ वटा गोरु प्रहरी नियन्त्रणमा



बुटवल । रुपन्देही प्रहरीले गैरकानूनीरुपमा ओसार-पसार गरिरहेको अवस्थामा ३८ वटा गोरु सहित गोरु ओसार-पसारमा संलग्नहरुलाई नियन्त्रणमा लिएको छ । गैरकानूनी रुपमा गोरुको ओसार-पसारको सूचना पाएको रुपन्देही प्रहरीले दुईदिन लगाएर ३८ वटा गोरु नियन्त्रणमा लिएको हो ।

प्रहरीले गोरु ओसार पसारमा प्रयोग भएको २ थान ट्रक पनि बरामद गरेको छ ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले आज साँझ ५ बजेको समयमा जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. १ रानिबगियाबाट पश्चिम बाट पूर्व तर्फ गई रहेको ना ६ ख २३८४ नं.को ट्रकमा अबैध रुपमा गोरु लोड गरी लैजादै गरेको अबस्थामा ट्रक सहित १९ वटा गोरु, ट्रक चालक जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ५ बस्ने मान बहादुर बेलबासेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले हिजो बिहान पनि सैनामैना नगरपालिका वडा नं.५ बुद्धनगरबाट ना ६ ख २६४५ नं। को ट्रकमा अबैध रुपमा लोड गरी लैजादै गरेको अबस्थामा १९ वटा गोरु नियन्त्रणमा लिएको थियो । गोरु ओसारपसारमा संलग्न ट्रक चालक धादिङ गल्छि नगरपालिका वडा नं. ६ का बिनय लामालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ९ : ४४ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा