२९ भदौ २०८३, सोमबार | September 14, 2026

सेटिङमै गाई, गोरु सिमा पार गराइँदै



गौर । रौतहटको विभिन्न नाका भएर विगत लामो समयदेखि गाईगोरु भारततर्फ तस्करी हुँदै आएको छ । केही दिन पहिला प्रहरीले सीमा क्षेत्रबाट १७ वटा गाई गोरु बरामद गरेपछि यसको पुष्ट्याई भएको हो। नेपाल भारत खुला सीमाका कारण दैनिक जसो रौतहटको सीमाबाट भारततर्फ सयौंको सङ्ख्यामा गाई गोरु प्रहरीकै मिलोमतोमा तस्करी हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रहरीले बेलाबेलामा आफ्नो काम देखाउनका लागि नेपालबाट भारततर्फ लाँदै गरेका गाईगाेरु बरामद गरी गौर भन्सारमा बुझाएर काम देखाउने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । गत बुधबार दिउँसै रौतहट जिल्लाको महादेवपट्टि नाकाबाट भारततिर लाँदै गरेका १७ वटा गाई गोरु नेपाल प्रहरीले बरामद गरेर गौर भन्सारमा बुझाएको थियो । रौतहट प्रहरीले बेलाबेलामा भारततर्फ जाने गाई गोरु बरामद गरेर भन्सार बुझाएर काम देखाउने गरेको गौरका एक स्थानीय बासिन्दाले जानकारी दिएका छन् । रौतहटका विभिन्न नाका हुँदै दैनिक जसो नेपालबाट भारततर्फ गाईगोरु जाने गरेको छ भने भारतबाट राँगा नेपालतर्फ आउने गरेको स्थानीय बासिन्दाले बताएका छन् । प्रहरीकै सेटिङमा भारततर्फ गाई गोरु जाने गरेको स्थानीयहरूको भनाइ रहेको छ ।

नेपाल भारत खुल्ला सीमाको फाइदा उठाउँदै नेपालबाट भारततर्फ गाईगोरु मासुका लागि निर्यात हुने गरेको छ भने भारतबाट मासुकै लागि पाडा आयात हुँदै आएको बताइन्छ । सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीका चौकीहरूको सेटिङमै रौतहटको विभिन्न स्थानबाट सङ्कलन गरी राखिएका गाईगोरु रातिको समय वा दिउँसोकै समयमा सीमापार गराइने गरिएको छ । देशका विभिन्न स्थानबाट ल्याइएका गोरु तथा बुढा गाईहरू मासुका लागि रौतहट जिल्लाको सिमावर्ती गाउँमा सङ्कलन गरी रातिको समयमा प्रहरीकै मिलोमतोमा भारततर्फ जाने गरेको स्थानीय पत्रकार सत्येन्द्र सिंहको भनाइ रहेको छ । प्रहरीले सेटिङ नमिले वा काम देखाउनका लागि पनि बेलाबेलामा गाई गोरु बरामद गरेर सञ्चारकर्मीहरूलाई आफूले काम गरेको भन्दै काम देखाउने गरेको उनको बुझाइरहेको छ । विगत लामो समयदेखि रौतहटका विभिन्न नाका हुँदै गाई गोरु भारततर्फ निकासी हुँदै आइरहेको छ। प्रहरी प्रशासनकै सेटिङमा विगत लामो समयदेखि जिल्लाको राजपुर नगरपालिकाबाट ठूलो संख्यामा गाईगोरु भारत पठाइने गरेको स्थानीय बासिन्दाहरूको भनाइ रहेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले भने प्रहरीले राति रातिको समयमा गाई गोरु तस्करहरूले गाईगोरु भारततर्फ लाने गरेको आफूहरुले सुन्दै आएको र भ्याएसम्म बरामद गरेर भन्सार बुझाउने गरेको जानकारी दिने गरेको छ ।यता प्रहरीले बरामद गरेर भन्सार कार्यालय गौरमा बुझाएका गाई गोरु पुन तस्करले नै सरकार गरी पुन भारततर्फ पुर्याउने गरेको जानकारहरूको भनाइ रहेको छ । भन्सार कर्मचारीकै सेटिङमा जसले तस्करी गरेर भारत लान लागेको हो उसैलाई गाई गोरु सस्तो मूल्यमा फिर्ता दिइने गरेका कारण रौतहटको नाकाबाट गाईगोरुको तस्करी रोकिन नसकेको जानकारहरूको भनाइ रहेको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ८ : ३७ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा