७ बैशाख २०८३, सोमबार | April 20, 2026

त्रिकोणात्मक टी-२० सिरिज : नेपाल र पपुवा न्युगिनी उपाधिका लागि भिड्दै



काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि बुधबार नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बीच भिडन्त हुँदैछ । नेपाल र पीएनजीबीचको फाइनल खेल बिहान ११:४५ बजे सुरु हुनेछ ।

त्यसअघि आजै बिहान हङकङ र हङकङको ‘ए’ टोलीबीच तेस्रो स्थानका लागि खेल हुँदैछ ।

मंगलबार नेपालले पीएनजीलाई र पीएनजीले हङकङलाई पराजित गर्दै दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका थिए । नेपालले पीएनजीलाई ८२ रनले हराएको थियो भने पीएनजीले घरेलु टोली हङकङलाई १० विकेटले जितेको थियो ।

नेपालका ब्याटर कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा नेपाललाई पीएनजीमाथि सहज जित हासिल गरेको थियो । भुर्तेलले ब्याटिङतर्फ ५९ रन बनाएका थिए भने बलिङतर्फ ४ विकेट लिएका थिए । यस्तै सन्दीप जोराले विष्फोटक अर्धसतक बनाएका थिए ।

यस्तै अर्को खेलमा पीएनजी सामु हङकङ निरीह बनेको थियो । टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हङकङले १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २१ रन मात्र बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १२.४ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय २४ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो । पीएनजीलाई दुवै ओपनरले नै जितसम्म डोर्‍याएका थिए । पीएनजीका दुवै ओपनरले अर्धशतक बनाए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ७ : २१ बजे

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका

नौ महिनामा १२ खर्ब ६७ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा

संसदीय समितिका सभापति र सभामुखबीच भेट

काठमाडौं । संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले आज सभामुख डोलप्रसाद अर्याललाई

‘लु’ को जोखिम बढ्दै, के हो लु ?, बच्ने कसरी ?

काठमाडौँ । केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा

जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल लिएका छौं : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्ला