२४ बैशाख २०८१, सोमबार | May 6, 2024

त्रिकोणात्मक टी-२० सिरिज : नेपाल र पपुवा न्युगिनी उपाधिका लागि भिड्दै



काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि बुधबार नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बीच भिडन्त हुँदैछ । नेपाल र पीएनजीबीचको फाइनल खेल बिहान ११:४५ बजे सुरु हुनेछ ।

त्यसअघि आजै बिहान हङकङ र हङकङको ‘ए’ टोलीबीच तेस्रो स्थानका लागि खेल हुँदैछ ।

मंगलबार नेपालले पीएनजीलाई र पीएनजीले हङकङलाई पराजित गर्दै दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका थिए । नेपालले पीएनजीलाई ८२ रनले हराएको थियो भने पीएनजीले घरेलु टोली हङकङलाई १० विकेटले जितेको थियो ।

नेपालका ब्याटर कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा नेपाललाई पीएनजीमाथि सहज जित हासिल गरेको थियो । भुर्तेलले ब्याटिङतर्फ ५९ रन बनाएका थिए भने बलिङतर्फ ४ विकेट लिएका थिए । यस्तै सन्दीप जोराले विष्फोटक अर्धसतक बनाएका थिए ।

यस्तै अर्को खेलमा पीएनजी सामु हङकङ निरीह बनेको थियो । टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हङकङले १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २१ रन मात्र बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १२.४ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय २४ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो । पीएनजीलाई दुवै ओपनरले नै जितसम्म डोर्‍याएका थिए । पीएनजीका दुवै ओपनरले अर्धशतक बनाए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ७ : २१ बजे

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा