२७ माघ २०८२, मंगलबार | February 10, 2026

नविकरणीय उर्जा प्रवर्धनमा सिद्धार्थ बैंक



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच नविकरणीय उर्जा प्रवर्धन गर्ने उद्देश्यले कर्जा जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल तथा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार दिगो उर्जा चुनौती कोषसंग समन्वय गरी बैंकको नविकरणीय उर्जा परियोजनाहरुमा प्रवाह भएको कर्जाको २० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मार्फत ग्यारेन्टी हुने बैंकले जनाएको छ । यस सम्झौताले बैंकको नविकरणीय उर्जा परियोजनाहरू (सोलार नेट मिटरिङ, १ मेगावाट सम्मको ग्रिड टाइड सोलार परियोजना, फोहोरबाट ऊर्जा निकाल्ने परियोजना, मिनी र माइक्रो हाइड्रो, घरपरिवारमा विद्युतीय खाना पकाउने, सिँचाइ)का लागि सौर्य पानी पम्प र विद्युतीय परिचालनमा कर्जा लगानी गर्न थप प्रोत्साहन गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । ‘सम्बन्ध सधैभरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले ‘सिद्धार्थ केयर’ मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४सै घण्टा गर्दै आएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ८ : ३३ बजे

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

म्याग्दी । पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप

दक्षिण अफ्रिकाको विजयी सुरुवात, क्यानडा ५७ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार राति सम्पन्न खेलमा

आजको मौसम : तराई भू-भाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ

खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

काठमाडौं । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव

तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पाठेघरको मुखको क्यान्सर रोकथामका