१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बृहत् राष्ट्रिय मोर्चा निर्माण नभएसम्म राजाबादीकाे आन्दोलन निरथर्कः कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा हाल कायम संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल प्रमाणित भएको दाबी गर्दै गणतन्त्र लुटतन्त्रमा परिणत भएको आरोप लगाएका छन् ।

पार्टी कार्य सम्पादन समितिको बिस्तारित बैठकमा बोल्दै थापाले अहिले मुलुकमा सिमित राजनितीक दलका नेताले सिण्डिकेट खडा गरेर राज्य सन्चालन गरिरहेको समेत टिप्पणी गरेका छन् ।

थापाले अहिलेको राज्य प्रणाली र शासकबर्गप्रती जनतामा बितृष्णा रहेको भन्दै भ्रष्ट ब्यबस्था र शासकबाट जनताले मुक्ति खोजेको बताए। सबै अटाउन सक्ने मौलिक प्रजातन्त्रले मात्र मुलुकको राष्ट्रिय सुरक्षा , समाबेशी प्रजातन्त्र र आर्थिक समृद्धिको ग्यारेन्टी गर्ने भन्दै थापाले जनताको भरोसा टुटेको ब्यबस्थाले निकास दिन नसक्ने दाबी गरे । आफुलाई राजसंस्था र हिन्दुराष्ट्रको पक्षधर भन्नेहरुले समयको महत्वलाई बुझ्न नसकेको भन्दै थापाले राजसंस्था र हिन्दुराष्ट्रको सम्भावनालाई तुहाईदिने आत्मघाती सोचबाट मुक्त हुनुपर्ने समेत बताए।

बृहत् राष्ट्रिय मोर्चा निर्माण नभएसम्म कुनै पनि पक्षबाट एकाङ्की रुपमा गरिने आन्दोलन निरर्थक र औचित्यहिन अभ्यास हुने स्पष्ट हुने हुँदा मोर्चा निर्माणमा राप्रपा नेपाल निरन्तर प्रयत्नशील रहेको समेत उनले स्पष्ट पारे । सामुहिक नेतृत्व र  सबैको सहभागिताको सिद्धान्तको आधारमा सहकार्य र मोर्चा निर्माणमा आफुहरुको प्रयास हुने थापाको कथन छ।

बैठकले मिटरब्याज,लघुबित्त ,सहकारी र बैंकबाट पीडित लाखौ जनताको समस्या समाधान लाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने समेत निर्णय गरेको छ। पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आगामी कार्यक्रम, सकृय सदस्यता बितरण अभियान, उपनिर्बाचन र संगठन सुदृढीकरण लगायतका बिषयमा बैठकमा छलफल भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ११ : ४८ बजे

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक