२७ माघ २०८२, मंगलबार | February 10, 2026

नर्स हत्या प्रकरण : हत्यामा संलग्न भनिएका युवा मृत फेला



मोरङ । मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न आरोपित युवा मृत फेला परेका छन् । दासको हत्या गरेको आरोप लागेका सिरहाको लहान नगरपालिका-२१ का २३ वर्षीय शिवशङ्कर दास विराटनगर महानगरपालिका-४ स्थित होटल फाइन एण्ड लजमा आइतबार राति मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार सो होटलमा खानतलासी गर्दा शिवशङ्कर झुण्डिएको अवस्थामा फेला परेका थिए । चन्द्रिकाकुमारीको हत्यामा संलग्न रहेका शिवशङ्कर गत फागुन २६ गते मलेलियाबाट नेपाल फर्केका थिए ।

सिरहाको धनगढी नगरपालिका-६ फुल्काहापट्टी घर भएकी चन्द्रिकाकुमारीको विराटनगर-४ बुढाथोकी मार्गको एउटा घरमा गत शुक्रबार हत्या गरिएको थियो । उनको शव परीक्षणपछि परिवारलाई बुझाइएको प्रवक्ता दाहालले बताए । चन्द्रिकाकुमारी र शिवशङ्करबीच प्रेम सम्बन्ध रहेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ४ : ०३ बजे

नवलपुर-२ मा नाउपा नेपालले नेकपाका महतोलाई समर्थन गर्ने

नवलपुर । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले नवलपुर

पश्चिम नवलपरासीमा रविको चुनावलक्षित कार्यक्रम रोक्न प्रशासनको निर्देशन

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पश्चिम

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो : पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत

पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

म्याग्दी । पशुलाई महामारीजन्य रोगबाट जोगाउनका लागि जिल्लामा पशुमा पूर्णखोप

दक्षिण अफ्रिकाको विजयी सुरुवात, क्यानडा ५७ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार राति सम्पन्न खेलमा