२ पुस २०८२, बुधबार | December 17, 2025

रूसी सेनामा भर्ती भएका र युक्रेनमा बन्दी भएका नेपालीलाई घर फर्काउन पहल गरिरहेका छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ



काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ती भएका र युक्रेनमा बन्दी भएका नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको जानकारी दिएका छन् ।

आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नहरूको सोमबार बसेको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले रुसी सेनामा भर्ती भएका र युक्रेनमा बन्दी भएका नेपालीलाई नेपाल फर्काउने वार्ता अघि बढाएको बताए ।

उनले रूसी सेनामा भर्ती भएका नेपालीलाई घर फर्काउने र मृतकको शव नेपाल पठाउन रूसलाई अनुरोध गरिएको उनको भनाइ छ ।

‘मैले रूसका विदेश मन्त्रीसँग टेलिफोन वार्ता गरेँ । रूसका तर्फबाट महामहिम राजदूतसँग भेटवार्ता गरी नेपालीहरूलाई रूसी सेनामा भर्ती नगर्न सम्झौता भए खारेज गर्न र शव नेपाल पठाउन, क्षतिपूर्ति दिन अनुरोध गर्ने काम गरेको छु,’ बैठकमा मन्त्री श्रेष्ठले भने ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ४ : १० बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका