३१ बैशाख २०८१, सोमबार | May 13, 2024

बेनीमा सुविधा सम्पन्न होटल थपिँदै, नयाँवर्षदेखि ज्ञान गौरी प्यालेस संचालन हुने



बेनी । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ वारीबेनीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आउने भएको छ । स्थानीय व्यवसायी कृष्ण केसीले २३ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न होटल सञ्चालन गर्ने भएका हुन् ।

३० करोड लगानी गरिएको होटलमा पर्याप्त गार्डेन, १ सय बढी गाडी अट्ने पार्कीङ सुविधा, दुईसय पचास जना क्षमताको ब्यान्केट सहित सुविधा सम्पन्न ४० कोठा भएको होटल संचालनका लागि तयार भएको संचालक केसीले बताए । होटलमा स्विमिङ पुल पनि निर्माण गरिने उनले जानकारी दिए ।

केसीले तीनवर्ष अघि ज्ञान गौरी प्यालेस प्रा.लिको नामबाट होटलको पूर्वाधार निर्माण थालेका थिए । पूर्वाधार निर्माण सम्पन्न भएसँगै आगमी बैशाख १ गते नयाँ वर्ष देखि होटल संचालनका लागि तयारी गरिएको केसीले जानकारी बताए ।

केसीका अनुसार होटलमा हनिमुन स्विट रुम ३ वटा, मिनि स्विट रुम २ वटा, स्टाण्डर रुम १२ वटा र डिलक्स रुम २२ वटा रहेका छन् । सवै रुमहरुमा एसी जडान गरिएको छ । होटलमा एकसय जना सम्म पाहुना एकै पटक बास बस्न सक्ने गरि व्यपस्थापन गरिएको उनले बताए ।

म्याग्दी र मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरि होटलमा लगानी गरिएको संचालक केसीको भनाई छ । कालिगण्डकी कोरिडोर क्षेत्रमा दैनिक रुपमा पर्यटक आगमनमा वृद्धि भइरहेको र सोही पर्यटकलाई लक्षित गरि होटल निर्माण गरिएको उनले बताए ।

स्तरिय होटलको खोजिमा पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न होटल संचालनमा ल्याइएको केसीको दाबी छ । बेनीमा हाल सिङा तातोपानीको श्रेष्ठ हटस्प्रिङ पछि अर्को सुबिधा सम्पन्न होटल संचालनमा आउने भएको हो ।

 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ३ : १३ बजे

एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक हप्ताभित्र

स्काउट पदाधिकारीहरुलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक

नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त भएका जसपाका प्रदीप यादवले पद

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसित चिनियाँ लगानीकर्ताले

ग्लोबल आइएमईले प्राप्त गर्यो फाइनान्सको “बेष्ट बैंक अवार्ड”

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट