२८ मंसिर २०८२, आइतबार | December 15, 2025

इजरालयमा मेनपावरमार्फत कामदार पठाउने विषयमा छानबिन थालेका छौँ : श्रममन्त्री अर्याल



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले दक्षिण कोरियाको सम्झौताको समाचार भ्रामक भएको र यसमा मन्त्रालयको संलग्ना नरहेको बताएका छन् ।

उनले, इजरायलमा मेनपावरमार्फत् कामदार पठाउने विषयमा छानबिन थालेको बताए । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले इजरायलमा ‘जी टु जी’ र ‘लर्न एण्ड अर्न’ कार्यक्रमबाहेक कुनै तरिकाले कामदार पठाउने सम्झौता नभएको बताए। सो विषयमा छानबिनपछि मात्रै केही जवाफ दिने उनले बताए ।

मन्त्री अर्यालले देशमा आन्तरिक रोजगारीको लागि छलफल अगाडि बढाइसकेको बताउँदै यसमा गम्भीर ध्यान गएको बताए । यसलाई घोषणा मात्रै सीमित नराखेर टाइमलाइन दिएर पहल गर्ने प्रयास गरेको मन्त्री अर्यालको भनाइ छ ।

उनले भने, “प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता रहन्छ । यसलाई कसरी लिएर जाने भनेर विचार गरिरहेका छौँ । यसलाई उत्कृष्ट बनाउनलाई सबैसँग सल्लाह सुझावको अपेक्षा गरेका छौँ ।”

उनले सामाजिक सुरक्षामा करारको ४० हजार कर्मचारी आबद्ध गराउने विषयमा बहस चलिसकेको भन्दै त्यसलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ९ : ०९ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर