२२ बैशाख २०८१, शनिबार | May 4, 2024

लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ सम्मेलन हुँदै



काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय कन्क्लेभ हुने भएको छ । यही चैत ८ र ९ गतेसम्म हुने उक्त कार्यक्रममा नेपालमा राजदुतावास नभएका तर नेपाललाई प्रतिनिधित्व गर्ने विभिन्न १८ देशका राजदूत तथा प्रतिनिधि, नेपालका लागि विभिन्न देशका अवैतनिक वाणिज्यदूत, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, परराष्ट्र तथा सम्पदा विज्ञलगायतको उपस्थिति रहनेछ ।

सम्मेलन परराष्ट्र मन्त्रालय र नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरुको संस्था अन्तर कन्सुलर कर्पस नेपाल ९एचसिसीएन० को संयुक्त आयोजनामा हुन लागेको हो । कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलगायत लगानी बोर्ड, नेपाल पर्यटन बोर्ड तथा लुम्बिनी विकास कोषका उच्च अधिकारीको पनि उपस्थिति रहने बताइएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, पर्यटन अभिवृद्धि, नेपालमा लगानी अभिवृद्धि तथा विश्व भाइचारा अभिवृद्धि गर्ने उद्देश्य लिएको उक्त सम्मेलनको अन्त्यमा शान्ति सन्देशसमेत जारी गरिने तयारी रहेको आयोजकले जनाएको छ । सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिने कार्यक्रम छ ।

एचसिसीएनका डिन विष्णुकुमार अग्रवालले विश्वका झण्डै एक अर्ब बुद्ध धर्मावलम्बीसँग लुम्बिनीलाई जोड्न र यो ऐतिहासिकस्थलको सांस्कृतिक तथा धार्मिक महत्वलाई अझ उजागर गर्न कार्यक्रम आयोजना हुन लागेको बताए । उनले नेपालमा लगानीको अवसर बढाउन पनि कार्यक्रमले योगदान गर्ने उल्लेख गरे । नेपाल पर्यटन बोर्ड तथा लगानी बोर्डको कार्यालयलको पनि सम्मेलनमा सहयोग रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १० : १२ बजे

‘सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार’

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

काठमाडौं । सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुँदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा