६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

अब गुनगुनाएको भरमा युट्युबमा म्युजिक खोज्न सकिने



काठमाडौं । युट्युब म्युजिक प्रयोग गर्ने प्रयोगकर्ताका लागि खुसीको खबर छ । यो धेरै पटक हुन्छ जब तपाईंलाई गीत सुन्न मन लाग्छ तर तपाईं संगीत एप वा इन्टरनेटमा कुनै पनि प्लेटफर्ममा खोज्न सक्षम हुनुहुन्न, किनभने तपाईंलाई त्यो गीतको शब्द याद छैन ।

त्यो गीतको ट्युन गुनगुनाएर शव्द सम्झन खोज्छौ तर ठ्याक्कै शब्द सम्झन नसक्दा कयौं पटक आफ्नो मन पर्ने गीत खोज्न सकिन्न । अब युट्युबले आफ्ना प्रयोगकर्ताको यो समस्या हटाएको छ ।

वास्तवमा युट्युबले आफ्नो म्युजिक प्लेटफर्म युट्युब म्युजिकको लागि एउटा नयाँ फिचर तयार गरेको छ, जुन छिट्टै आफ्नो एपमा ल्याउन लागेको छ । यो सुविधा मार्फत तपाईले युट्युब म्युजिकमा कुनै पनि गीत गाएर खोज्न सक्नु हुनेछ । यसको मतलब यो हो कि अब तपाईंले गीतहरूको लिरिक्स लेखेर वा भ्वाइस सर्चमा बोलेर खोज्नु पर्दैन । त्यो गीतको धुन याद आयो भने त्यो धुन गाएर गीत खोज्न सक्नुहुन्छ ।

यद्यपि, हामी तपाईलाई बताउछौं कि गुगलले अक्टोबर २०२० मा यस्तै फिचर लन्च गरेको थियो तर त्यसबेला त्यो सुविधा गुगल सर्च र गुगल असिस्टेन्ट एपमा मात्र उपलब्ध थियो । पछि, कम्पनीले आफ्नो होम टु सर्च फिचर युट्युबमा पनि उपलब्ध गराएको छ र अब त्यही सुविधा युट्युब म्युजिक एपमा पनि उपलब्ध गराउने भएको छ ।

नाइन टु फाइभ गुगलको पछिल्लो रिपोर्ट अनुसार यु ट्युब फिचरको यो नयाँ फिचर एन्ड्रोइड एपमा आउन थालेको छ । तर हामीले हाम्रो एन्ड्रोइड उपकरणमा युट्युव टयुब म्युजिकको यो नयाँ फिचर फेला पारेनौं । यसको मतलब कम्पनीले हाल परीक्षण चरणमा आफ्नो सुविधा राखेको छ र चयन गरिएका प्रयोगकर्ताहरूका लागि रोल आउट गरेको छ । यद्यपि, कम्पनीले चाँडै नै यो सुविधा आफ्ना सबै प्रयोगकर्ताका लागि रोल आउट गर्न सक्ने जनाइएको छ ।

यो सुविधा प्रयोग गर्नको लागि तपाईले तल दिइएको चरणहरू पालना गर्नु पर्छ :

१) आफ्नो फोनमा युटयुब एप अपडेट गर्नुहोस् ।

२) त्यसपछि आफ्नो फोनमा यो एप खोल्नुहोस् र माथि रहेको सर्च आइकनमा जानुहोस् ।

३) खोज पट्टीको छेउमा रहेको माइक आइकनमा क्लिक गर्नुहोस् ।

४) अब शीर्षमा रहेको गीत बटन टगल गर्नुहोस् ।

५) अब तपाईले खोज्न चाहनु भएको गीतको धुन गुनाउनुहोस् र त्यसपछि त्यो गीत बज्नेछ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ८ : ५२ बजे

विश्वभर एक घण्टा अवरुद्धपछि युट्युब पुनः सञ्चालनमा

काठमाडौं । विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब करिब एक घण्टा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक भोलि फागुन

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार,

महाशिवरात्रीमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ

काठमाडौं । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका