१९ असार २०८३, शुक्रबार | July 3, 2026

विश्वमा देखिएको द्वन्द्वलाई ध्रुविकृत गर्दै शान्तिमा रूपान्तरण गर्नु पर्दछ : उपप्रधानमन्त्री श्रेष्ठ



लुम्बिनी ।‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन (कन्क्लेभ) बिहीबारदेखि सुरु भएको छ। सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा जन्मस्थल लुम्बिनीमा शान्ति र समृद्विलाई केन्द्रमा राखेर सम्मेलन लुम्बिनिमा शुरू भएको हो । सम्मेलनको विहिबार साँझ उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उदघाटन गरे ।

उदघाटन समारोहमा बोल्दै परराष्ट्रमन्त्री श्रेष्ठले लुम्बिनि बुद्ध जन्मस्थल मात्रै नभई बौद्ध दर्शनको उदगम् भूमि पनि भएको बताए । लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको मुहान पनि रहेको उनले बताए ।

उनले नेपाल जटिल भूराजनीतिक चुनौतीहरूको बीचमा रहेको बताउदै विश्वमा देखिएको द्वन्द्वलाई ध्रुविकृत गर्दै शान्तिमा रूपान्तरण गर्नुपर्ने बताए। विश्वमा देखा परेको द्वन्द्वले विश्वव्यापी आर्थिक संकट र असमानतालाई बढाइरहेको समेत उनले बताए ।

शान्ति र समृद्धिको एजेण्डामा सम्मेलन गर्ने सबैभन्दा उत्तम ठाउ लुम्बिनि रहेको उनले बताए । ‘शान्ति र समृद्विका लागि लुम्बिनीको विकल्प अरु हुन सक्दैन,’ परराष्ट्रमन्त्री श्रेष्ठले भने । लुम्बिनिबाट शान्तिको उदगम थलोसंगै मानवता, सुख, कल्याण र मुक्तिको खोजमा आफ्नो जीवन समर्पण गर्ने बुद्ध जन्माएको पवित्र स्थल रहेको बताए । उनले चार महिनाअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनि भ्रमण गरेको स्मरण गर्दै भगवान बुद्धका शिक्षाहरू प्रतिबिम्बित गर्ने ठाउँका रूपमा व्याख्या गरे ।

कार्यक्रममा लुम्बिनि विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), पूर्वमन्त्री देवेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो ।

सम्मेलन शुभारम्भमा लुम्बिनि म्यूजियम ईनेसियिटिभका संस्थापक तथा कार्यकारी निर्देशक सुम्मिना उदासले प्रस्तुती राख्दै बुद्ध जन्मस्थल लुम्बिनि विश्वका शान्ति मार्गीहरूको आस्थाको केन्द्र भएको बताईन ।

सम्मेलनमा विभिन्न देशका गैरआवासीय राजदूतहरु एकै पटक लुम्बिनीमा आएर बुद्ध, शान्ती र समृद्विका बिषयमा छलफलमा सहभागी भएका छन् । सम्मेलनमा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी छन ।बिहीबार दिउँसो बुद्ध एयरको जहाजमा भैरहवा आएका उनीहरू बुटवल स्थिति लुम्बिनि केवल कारको भ्रमण गरेका थिए ।

सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिने जनाईएको छ । सहभागीहरुको शुक्रबार लुम्बिनि भ्रमण गर्ने कार्यसूचीहेको छ । त्यसपछि टाईगर रिसोर्टमा छलफल गरि कन्क्लेभ सकिनेछ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १० : ०१ बजे

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक

पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला-२

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत

अस्ट्रियालाई पराजित गर्दै स्पेन अन्तिम १६ मा

काठमाडौं । मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको शानदार

देशभर मनसुनी प्रभाव कायम, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि