२ पुस २०८२, बुधबार | December 17, 2025

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ



काठमाडौं । भारतको दिल्लीमा मदिरानीतिको अध्ययन गरिरहेको प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । मुख्यमन्त्री केजरिवालले लागु गरेको मदिरानीतिको विषयमा सोधपुछका लागि भन्दै केजरिवाल निवास पुगेको ईडीको टोलिले उनलाई पक्राउ गरेको हो ।

केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको जम्बो टोली बिहीबार मुख्यमन्त्रीको निवासमा पुगेको थियो । सोधपुछमात्र भन्दै केजरिवाल निवास पसेको टोलिले दुई घण्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरेको बताइएको छ ।

सम्भवत भारतमा बहालवाला मुख्यमन्त्री पक्राउ परेको यो नै पहिलो घटना बनेको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । दिल्ली सरकारको एकजना मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारीलाई सत्तारुढ बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको प्रतिक्रिया दिएकी छन् । केजरिवालको आम आदमी पार्टीले केजरिवालले जेलबाट नै सरकार संचालन गर्ने जनाएको छ ।

दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १० : ४१ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन